लर्ड्समा राहुलको शतक, भारतको उत्कृस्ट सुरुवात

केएल राहुलले शतक प्रहार गर्दा इंग्ल्यान्ड भ्रमण अन्तर्गत पाँच टेस्टको सिरिज अन्तर्गत बिहिबार सुरु भएको दोश्रो टेस्टको पहिलो दिन समाप्तिमा भारतले उत्कृस्ट सुरुवात गरेको छ।

लर्ड्स मैदानमा टस हारेर ब्याटिंग गरेको भारतले दिनको समाप्तिमा ९० ओभरमा ३ विकेट क्षेतीमा २७६ रन बनाएको छ। क्रिजमा केएल राहुल १२७ रनमा तथा अजिंके रहाने १ रनमा अविजित रहेका छन्। करियरको छैठौं शतक बनाएका राहुलले २४८ बलमा १२ चौका र १ छक्का प्रहार गरेका छन्।

भारतीय ओपनर रोहित शर्मा र केएल राहुलले १२६ रनको ओपनिंग साझेदारी गर्दै राम्रो सुरुवात दिलाए। भारतीय ओपनरले भारतबाहिर शतकीय साझेदारी गरेको २०१० डिसेम्बर पछि पहिलो पटक हो। पछिल्लो पटक दक्षिण अफ्रीका बिरुद्ध सेंचुरियनमा विरेन्द्र सेहवाग र गौतम गम्भीरले १३७ रनको साझेदारी गरेका थिए।

४४ औं ओभरमा जेम्स एण्डरसनबाट बोल्ड हुनु अघि रोहितले १४५ बलमा ११ चौका र १ छक्का मद्दतले ८३ रन बनाए। चेतेश्वर पुजारा लामो समय क्रिजमा जम्न सकेनन् र ९ रन बनाएर क्याच आउट भए। उनलाई एण्डरसनको दोश्रो शिकार बनाए। तेश्रो विकेटको लागि राहुलले कप्तान बिराट कोहलीसंग शतकीय साझेदारी गरे। ११७ रनको साझेदारी गरेपछि कोहली ८५ औं ओभरमा ओली रोबिन्सनबाट स्लिपमा जो रुटबाट क्याच आउट हुन पुगे। कोहलीले १०३ बलमा ४२ रन बनाए।  कोहलीको विकेट पछि रहाने र राहुलले अविजित ९ रनको साझेदारी गरेका छन्।

इंग्ल्यान्डको बलिंगमा जेम्स एण्डरसनले २ विकेट ( २०-४-५२-२ ) र ओली रोबिन्सन ( २३-७-४७-१ ) ले १ विकेट लिएका छन्।

खेलमा भारतले अन्तिम-११ मा घाइते शार्दुल ठाकुरको स्थानमा इशान्त शर्मालाई मौका दिएको छ। अर्कोतर्फ इंग्ल्यान्डले टिममा अघिल्लो खेलभन्दा तिन खेलाडी परिवर्तन गरेको छ। घाइते भएर सिरिजबाट बाहिर भएका स्टुवार्ट ब्रोडको स्थानमा अर्का पेसर मार्क वुडलाई, ड्यानीयल लरेन्सलाई बाहिर राख्दै मोईन अलिलाई तथा ज्याक क्रलेको स्थानमा हसिब हमिदलाई अन्तिम-११ मा इंग्ल्यान्डले मौका दिएको छ।





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]