भारतले फलो-अन जोगाउन सकेन, दोश्रो इनिंग्समा राम्रो सुरुवात

भारतीय महिला टिमको इंग्ल्यान्ड भ्रमण अन्तर्गत एकमात्र टेस्टको तेश्रो दिनको खेल समाप्त हुँदा घरेलु टोलि बलियो स्थितिमा रहेको छ।

इंग्ल्यान्डले पहिलो इनिंग्समा ३९६ रन बनाएपछि ब्याटिंग गरेको भारतले पहिलो इनिंग्समा २३१ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। १८७/५ को अवस्थाबाट दिनको सुरुवात गरेको भारतले योगफलमा थप ४४ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो। इंग्ल्यान्डको पहिलो इनिंग्सको योगफल भन्दा भारत १६५ रनले पछि परेपछि इंग्ल्यान्डले भारतलाई फलो अन दिएको छ। ( नोट : महिला टेस्ट क्रिकेटमा पहिलो इनिंग्समा १०० रनले पछि पर्दा फलो अन दिन मिल्नेगर्छ )

इंग्ल्यान्डले फलो अन दिएपछि तेश्रो दिन ब्याटिंग सुरु गरेको भारतले दिनको समाप्तिमा २४.३ ओभर ब्याटिंग गर्दा ८३ रन बनाउदा १ विकेट गुमाएको छ। इनिंग्स अन्तरको हारबाट जोगिन भारतले अझै ८२ रन बनाउनु पर्नेछ।

ओपनर स्मृति मन्धना ८ रन बनाएर आउट भएपछि अर्का ओपनर शफाली वर्मा र दिप्ती शर्मा अविजित रहेका छन्। अघिल्लो इनिंग्समा ९६ रन बनाएकी शफाली ५५ रनमा अविजित हुँदा ६८ बलमा ११ चौका प्रहार गरेकी छिन्। दिप्ती शर्मा १८ रनमा अविजित छिन्। दुवैले दोश्रो विकेटको लागि ५४ रनको साझेदारी गरेका छन्।

सोफी इक्लीस्टोन
सोफी इक्लीस्टोन

भारतको पहिलो इनिंग्स

भारतको लागि पहिलो इनिंग्समा ओपनर शफाली वर्माले सर्वाधिक ९६ रन, स्मृति मन्धनाले ७८ रन, दिप्ती शर्माले अविजित २९ रन तथा पुजा भस्ट्राकरले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

इंग्ल्यान्डको बलिंगमा देब्रे हाते स्पिनर सोफी इक्लीस्टोनले सर्वाधिक ४ विकेट ( २६-५-८८-४ ) लिईन्। कप्तान हिदर नाइटले २ विकेट तथा क्याथरिन ब्रन्ट, आन्या श्रबसोल, नातली स्किभर र केट क्रसले समान १ विकेट नाम गरे।

भारतीय महिला क्रिकेट टिमले सन् २०१४ पछि पहिलो पटक टेस्ट क्रिकेट खेलीरहेको हो।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]