रोहितको अर्धशतकले भारत अग्रतातर्फ

इंग्ल्यान्डको भारत भ्रमण अन्तर्गत तेश्रो टेस्टको पहिलो दिनको समाप्तिमा भारत पहिलो इनिंग्समा अग्रतातर्फ अघि बढेको छ।

विश्वकै ठुलो अहमदावाद स्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर ब्याटिंग गरेको इंग्ल्यान्डको पहिलो इनिंग्स ४८.४ ओभरमा ११२ रनमै समेटिन पुगेपछि पहिलो दिननै ब्याटिंग सुरु गरेको भारतले ३३ ओभर ब्याटिंग गर्दा ३ विकेट गुमाएर ९९ रन बनाएको छ। पहिलो इनिंग्समा भारत इंग्ल्यान्ड भन्दा १३ रनले मात्र पछि रहेको छ।

दिनको समाप्तिमा भारतीय ओपनर रोहित शर्मा ५७ रन तथा अजिंके रहाने १ रन बनाएर क्रिजमा छन्। रोहितले ८२ बलमा ९ चौका प्रहार गरेका छन्। ११ रन बनाएका ओपनर शुबमन गिललाई जोफ्रा आर्चरले क्याच आउट गराए भने चेतेश्वर पुजारा खाता नखोली ज्याक लिचबाट एलबिडब्लु आउट भए।

तेश्रो विकेटको लागि रोहितले कप्तान बिराट कोहलीसंग ६४ रनको साझेदारी गरेका थिए। कोहली दिनको अन्तिम ओभरमा ज्याक लिचबाट बोल्ड भए जसले ५८ बलमा ३ चौका मद्दतले २७ रन बनाए।

इंग्ल्यान्डको बलिंगमा देब्रे हाते स्पिनर ज्याक लिचले २ विकेट तथा जोफ्रा आर्चरले १ विकेट लिएका छन्।

इंग्ल्यान्डको कमजोर ब्याटिंग, अक्षरको कीर्तिमान

यस अघि टस जितेर ब्याटिंग गरेको इंग्ल्यान्ड ११२ रनमै समेटिन पुगेको थियो। टेस्ट इतिहासमा भारत बिरुद्ध इंग्ल्यान्डले बनाएको यो इतिहासकै चौथो कम योगफल हो। सबैभन्दा कम इंग्ल्यान्डले १९७१ मा १०१ रन बनाएको थियो।

इंग्ल्यान्डको लागि ओपनर ज्याक क्रलेले सर्वाधिक ५३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्। क्रलेले ८४ बलमा १० चौका प्रहार गरे। कप्तान जो रुटले १७ रन, बेन फोक्सले १२ रन तथा जोफ्रा आर्चरले ११ रन बनाउनु बाहेक अन्य इंगलिस ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

खाता नखोलेका ओपनर डोमिनिक सिब्लेलाई तेश्रो ओभरमा सयौं टेस्ट खेलीरहेका इशान्त शर्माले क्याच आउट गर्दै भारतको विकेटको खाता खोलेका थिए। त्यसपछि जोनी बेयरस्टोलाई पनि खाता नखोल्दै अक्षर पटेलले पेभेलियन फर्काए।


तेश्रो विकेटको लागि क्रलेले रुटसंग ४७ रनको साझेदारी गरे। तर २२ औं ओभरमा रुटलाई रभीचन्द्रन आश्विनले एलबिडब्लु गर्दै भारतलाई खेलमा फर्काए। त्यसपछि अक्षर पटेलले क्रलेलाई एलबिडब्लु आउट गरे। ओली पोपलाई आश्विनले बोल्ड गरे भने बेन स्टोक्सलाई अक्सर पटेलले एलबिडब्लु धरापमा पारे। त्यसपछि भारत खेलमा हावी रह्यो जुन क्रममा अक्षर पटेलले इंग्ल्यान्डको तल्लो क्रम ध्वस्त पारे।

करियरको दोश्रो टेस्ट खेलीरहेका देब्रे हाते स्पिनर अक्षर पटेलले ६ विकेट लिए जुन क्रममा २१.४ ओभरमा ६ मेडन ओभर गर्दै ३८ रन खर्चिए। रभीचन्द्रन आश्विनले ३ विकेट ( १६-६-२६-३ ) र इशान्त शर्माले १ विकेट लिए।

अक्षर पटेलको स्पेल डे-नाइट टेस्टमा स्पिनरले दिएको दोश्रो उत्कृस्ट स्पेल हो भने भारतीय स्पिनरको सबैभन्दा उत्कृस्ट स्पेल हो। देभेन्द्र विसुले सबै भन्दा उत्कृस्ट स्पेल पाकिस्तान बिरुद्ध ४९ रन दिएर ८ विकेट लिएका थिए।

सिरिज अन्तर्गत पहिलो टेस्ट इंग्ल्यान्डले २२७ रनले जितेको थियो भने दोश्रो टेस्टमा भारत ३१७ रनले विजयी भएको थियो। यो टेस्ट जिते सिरिजमा भारत २-१ ले अघि हुनेछ। चौथो तथा अन्तिम टेस्ट मार्च ४ देखि सुरु हुनेछ।

धेरैले पढेको :

आईपीएल इतिहासकै महँगो मोरिस ‘द हन्ड्रेड’ मा बिकेनन्

काठमाडौँ मेयर कप फाल्गुन २२ गते देखि, ५ वटा टिम सहभागी हुने





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]