अक्षर पटेलले ६ विकेट लिंदा इंग्ल्यान्ड ११२ मै सिमित

२०७७ फाल्गुन १२, बुधबार १९:२१

इंग्कोल्यान्डको भारत भ्रमण अन्तर्गत तेश्रो डे-नाइट टेस्टमा टस जितेर ब्याटिंग रोजेको भ्रमण टोलि ११२ रनमै समेटिन पुगेको छ।

नव निर्मित विश्वकै ठूलो क्रिकेट स्टेडियम नरेन्द्र मोदी स्टेडियम, अहमदावादमा सुरु भएको टेस्टको पहिलो इनिंग्समा इंग्ल्यान्डले ४८.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर ११२ रन बनाएको हो।

इंग्ल्यान्ड क्रिकेट टिम अन्तिम टेस्ट क्रिकेटको अन्तिम ४ इनिंग्समा लगातार चौथो पटक २ सय भन्दा कम रनमा समेटिन पुगेको हो। यस अघि सन् १८९५ मा मात्र यस्तो भएको थियो।

टेस्ट इतिहासमा भारत बिरुद्ध इंग्ल्यान्डले बनाएको यो इतिहासकै चौथो कम योगफल हो। सबैभन्दा कम इंग्ल्यान्डले १९७१ मा १०१ रन बनाएको थियो।

इंग्ल्यान्डको लागि ओपनर ज्याक क्रलेले सर्वाधिक ५३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्। क्रलेले ८४ बलमा १० चौका प्रहार गरे। कप्तान जो रुटले १७ रन, बेन फोक्सले १२ रन तथा जोफ्रा आर्चरले ११ रन बनाउनु बाहेक अन्य इंगलिस ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

खाता नखोलेका ओपनर डोमिनिक सिब्लेलाई तेश्रो ओभरमा सयौं टेस्ट खेलीरहेका इशान्त शर्माले क्याच आउट गर्दै भारतको विकेटको खाता खोलेका थिए। त्यसपछि जोनी बेयरस्टोलाई पनि खाता नखोल्दै अक्षर पटेलले पेभेलियन फर्काए।

इशान्त शर्मा सयौं टेस्ट खेलीरहेका छन्

तेश्रो विकेटको लागि क्रलेले रुटसंग ४७ रनको साझेदारी गरे। तर २२ औं ओभरमा रुटलाई रभीचन्द्रन आश्विनले एलबिडब्लु गर्दै भारतलाई खेलमा फर्काए। त्यसपछि अक्षर पटेलले क्रलेलाई एलबिडब्लु आउट गरे। ओली पोपलाई आश्विनले बोल्ड गरे भने बेन स्टोक्सलाई अक्सर पटेलले एलबिडब्लु धरापमा पारे। त्यसपछि भारत खेलमा हावी रह्यो जुन क्रममा अक्षर पटेलले इंग्ल्यान्डको तल्लो क्रम ध्वस्त पारे।

करियरको दोश्रो टेस्ट खेलीरहेका देब्रे हाते स्पिनर अक्षर पटेलले ६ विकेट लिए जुन क्रममा २१.४ ओभरमा ६ मेडन ओभर गर्दै ३८ रन खर्चिए। रभीचन्द्रन आश्विनले ३ विकेट ( १६-६-२६-३ ) र इशान्त शर्माले १ विकेट लिए।

अक्षर पटेलको स्पेल डे-नाइट टेस्टमा स्पिनरले दिएको दोश्रो उत्कृस्ट स्पेल हो भने भारतीय स्पिनरको सबैभन्दा उत्कृस्ट स्पेल हो। देभेन्द्र विसुले सबै भन्दा उत्कृस्ट स्पेल पाकिस्तान बिरुद्ध ४९ रन दिएर ८ विकेट लिएका थिए।

सिरिज अन्तर्गत पहिलो टेस्ट इंग्ल्यान्डले २२७ रनले जितेको थियो भने दोश्रो टेस्टमा भारत ३१७ रनले विजयी भएको थियो। यो टेस्ट जिते सिरिजमा भारत २-१ ले अघि हुनेछ। चौथो तथा अन्तिम टेस्ट मार्च ४ देखि सुरु हुनेछ जसपछि ५ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज सुरु हुनेछ।

https://www.youtube.com/watch?v=VFTv3ELwjvQ

https://wicketnepal.com/ktm-mayor-cup-falgun-22-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy