यादवको शतकका बाबजुद भारत पराजित

सुर्यकुमार यादवले उत्कृस्ट शतक प्रहार गरेता पनि भारतलाई तेश्रो टि-ट्वान्टी अन्तर्राष्ट्रियमा इंग्ल्यान्डले १७ रनले पराजित गरेको छ। अघिल्लो २ खेल जित्दै भारतले सिरिज आफ्नो पक्षमा पारिसकेको छ।

ट्रेन्ट ब्रिजमा सम्पन्न खेलमा घरेलु टोलि इंग्ल्यान्डले दिएको २१६ रनको लक्ष पछ्याएको भारतले पुरै २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षतिमा १९८ रन मात्र बनायो।

भारतको लागि सुर्यकुमार यादवले पहिलो टि-ट्वान्टी अन्तर्राष्ट्रिय शतक बनाउने क्रममा ११७ रन बनाए जुन क्रममा उनले ५५ बलमा १४ चौका र ६ छक्का प्रहार गरे। रोहित शर्मा ( ११८ रन ) पछि यादव भारतको लागि टि-२० अन्तर्राष्ट्रियमा दोश्रो सर्वाधिक स्कोर बनाउने ब्याट्सम्यान बनेका छन्।

लक्ष पछ्याउने क्रममा भारतको सुरुवात खराब रह्यो। पावरप्लेको ओभरमा रोहित शर्मा र बिराट कोहली समान ११ रन तथा रिशभ पन्त १ रन बनाएर आउट भए।

३१/३ को अवस्थाबाट सूर्यकुमार यादवले एक किनार सम्हाल्दै आक्रामक ब्याटिंग गरे। यादवले श्रेयस ऐयरसंग चौंथो विकेटको लागि १२१ रनको साझेदारी गरे। २८ रन बनाएरका ऐयरलाई १६ औं ओभरमा रिस टपलेले क्याच आउट परे। त्यसपछि दिनेश कार्तिक र रभीन्द्र जडेजा पनि लगत्तै आउट भए।

अन्तिम २ ओभरमा जित्न ४१ रन आवस्यक हुँदा सुर्यकुमार यादवले मोईन अलिले गरेको १९ औं ओभरमा २ चौका र १ छक्का प्रहार गरे। ओभरको पाँचौ बलमा यादव क्याच आउट भए। यादवको विकेटपछि भारतलाई जित्न ७ बलमा २५ रन आवस्यक रह्यो। ओभरको अन्तिम बलमा हर्षल पटेलले चौका प्रहार गरे।

अन्तिम ओभरमा भारतलाई जित्न २१ रन आवस्यक रह्यो र साथमा थियो ३ विकेट।  क्रिस जोर्डनले अन्तिम ओभरमा मात्र ३ रन खर्चेर २ विकेट लिंदै इंग्ल्यान्डलाई जित दिलाए।

इंग्ल्यान्डको बलिंगमा रिस टपलेले ३ तथा डेभिड विलि र क्रिस जोर्डनले २/२ विकेट लिए। रिचार्ड ग्लिसन र मोईन अलिले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा २१५ रन बनायो।

इंग्ल्यान्डको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका डेविड मलानले सर्वाधिक ७७ रन बनाए जुन क्रममा ३९ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। लियाम लिभिंगस्टोनले २९ बलमा ४ छक्का मद्दतले अविजित ४२ रन बनाए। जेसन रोयले २७, ह्यारी ब्रुकले १९ तथा जोस बटलरले १८ रन बनाए। मलान र लिभिंगस्टोनले चौंथो विकेटको लागि ८४ रनको साझेदारी गरे।

भारतको बलिंगमा रभी बिस्नोई र हर्षल पटेलले २/२ विकेट तथा आभेश खान र उर्मान मलिकले १/१ विकेट लिए।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]