टि-२० विश्वकप सेमीफाइनल आज, यस्तो छ भारत र इंग्ल्यान्डको सम्भावित एघार

अस्ट्रेलियामा जारि टि-२० विश्वकपको दोश्रो सेमीफाइनलमा आज भारत र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्दैछन्। पहिलो सेमीफाइनलमा हिजो पाकिस्तानले न्युजिल्यान्डलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ। खेल आज दिउँसो १:४५ बजे एडिलेड ओभलमा खेलिनेछ।

प्रतियोगिताको सुपर-१२ चरणमा भारत समुह ‘बि’ को रुपमा तथा इंग्ल्यान्ड समुह ‘ए’ को उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको थियो।

भारतले पाकिस्तानलाई ४ विकेटले, नेदरल्याण्डलाई ५६ रनले, बंगलादेशलाई ५ रनले र जिम्बाब्वेलाई ७१ रनले पराजित गर्दा दक्षिण अफ्रीकासंग ५ विकेटले पराजित भएको थियो। अर्कोतर्फ इंग्ल्यान्डले अफगानिस्तानलाई ५ विकेटले, न्युजिल्यान्डलाई २० रनले तथा श्रीलंकालाई ४ विकेटले पराजित गर्दा आयरल्याण्डसंग ५ रनले पराजित भयो। इंग्ल्यान्ड र अस्ट्रेलिया बीचको खेल वर्षाको कारण टस नभई रद्द भएको थियो।

भारतले सेमीफाइनलमा अघिल्लो खेलमा जिम्बाब्वेसंग खेलाएको अन्तिम एघार खेलाउने सम्भावना छ। महत्वपूर्ण खेल अघि रिशभ पन्त र दिनेश कार्तिकले लामो समय नेटमा ब्याटिंग गरेका थिए जसपछि पन्तले प्रशिक्षक राहुल द्रविडसंग लामो कुराकानी गरेका थिए। भारत इंग्ल्यान्ड लेग स्पिनर आदील रशिद विरुद्ध रणनीति लिएर उत्रनेछ।

भारतको सम्भावित ११ : केएल राहुल, रोहित शर्मा ( कप्तान ) , बिराट कोहली, सूर्यकुमार यादव, हार्दिक पान्ड्या, रिशभ पन्त/दिनेश कार्तिक, अक्षर पटेल, रभीचन्द्रन आश्विन, भुवनेश्वर कुमार, मोहमम्द शामी, अर्शदिप सिंह 

महत्वपूर्ण खेल अघि इंग्ल्यान्डलाई फिटनेस समस्याले सताएको छ। डेविड मलान र मार्क वुड शत प्रतिशत फिट छैनन्। तै पनि इंग्ल्यान्डले दुवैको अन्तिम समयसम्म फिटनेस परिक्षा गर्नेछ। उनीहरु फिट नभए फिल साल्टले मौका पाउन सक्छन् जसले खेल अघि लामो नेट सेसन गरेका थिए। क्रिस जोर्डनलाई मार्क वुडको प्रतिस्थापनमा खेलाउने बुझिएको छ।

इंग्ल्यान्डको सम्भावित ११ :   एलेक्स हेल्स, जोस बटलर ( कप्तान र विकेटकिपर ), बेन स्टोक्स, ह्यारी ब्रुक, लियाम लिभिंगस्टोन, मोईन अलि, फिल साल्ट, स्याम करन, क्रिस वोक्स, आदील रशिद, क्रिस जोर्डन

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy