मन्धना र वर्माको कीर्तिमानी साझेदारी पछि इंग्ल्यान्डको उत्कृस्ट पुनरागमन

भारतीय महिला क्रिकेट टिमको इंग्ल्यान्ड भ्रमण अन्तर्गत एक मात्र टेस्ट अन्तर्गत दोश्रो दिनको खेल समाप्त भएको छ।

इंग्ल्यान्डले पहिलो इनिंग्समा ३९६ रन बनाएपछि दोश्रो दिन ब्याटिंग सुरु गरेको भारतले ६० ओभर ब्याटिंग गर्दा ५ विकेट क्षेतीमा १८७ रन बनाएको छ। इंग्ल्यान्डको पहिलो इनिंग्सको योगफल भन्दा भारत अझै २०९ रनले पछि रहेको छ।

इनिंग्सको उत्कृस्ट सुरुवात गरेको भारतको लागि ओपनर स्मृति मन्धना र शफाली वर्माले १६७ रनको ओपनिंग साझेदारी गरेका थिए। पहिलो विकेटको लागि भारतीय टेस्ट इतिहासकै यो सर्वाधिक साझेदारी हो भने कुनै पनि विकेटको लागि दोश्रो ठूलो साझेदारी हो।


डेब्युमा शतक बनाउने कान्छो खेलाडी बन्ने रेकर्ड बनाउन ४ रनले चुक्दै १७ वर्षीय शफाली वर्मा ४९ औं ओभरमा आउट भएपछि भने भारतले लगातार विकेट गुमाउन पुग्यो। ५५ औं ओभरमा स्मृति पनि ७८ रन बनाएर आउट भईन्। त्यसपछि पुनम राउत र कप्तान मिथाली राज समान २ रन तथा शिखा पाण्डे खाता नखोली आउट भईन्। दिनको समाप्ति हुँदा क्रिजमा हर्मनप्रित कौर ४ तथा दिप्ती शर्मा खाता नखोली ब्याटिंग गरिरहेका छन्।

इंग्ल्यान्डको बलिंगमा हिदर नाइटले २ विकेट तथा नताली स्किभर, केट क्रस र सोफी इक्लेस्टोनले समान १ विकेट लिएका छन्।

इंग्ल्यान्डले पहिलो इनिंग्समा १२१.२ ओभर ब्याटिंग गर्दै ९ विकेट क्षेतीमा ३९६ रन बनाउदै इनिंग्स समाप्तिको घोषणा गरेको थियो।

घरेलु टोलिको लागि कप्तान हिदर नाइटले सर्वाधिक ९५ रन, सोफिया डंकलेले अविजित ७४ रन, ट्यामी बिउमोन्टले ६६ रन, आन्या श्रबसोलले ४७ रन, नताली स्किभरले ४२ रन तथा विनफिल्ड हिलले ३५ रन योगदान दिएका थिए।

२७० रनमा ७ विकेट गुमाएको अवस्थामा छैठौ नम्बरमा ब्याटिंग गरेकी डंकलेले तल्लो क्रमको ब्याटरहरुसंग साझेदारी गर्दै ठूलो योगफलतर्फ डोर्याएकी थिईन्। नवौं विकेटको लागि डंकले र श्रबसोल बीच ७० रनको साझेदारी भयो।

भारतको बलिंगमा अफस्पिनर स्नेह रानाल सर्वाधिक ४ विकेट हात पारिन्। यस्तै अर्की अफस्पिनर दिप्ती शर्माले ३ विकेट तथा झुलन गोस्वामी र पुञ्ज भस्ट्राकरले समान १ विकेट लिए।

सन् २०१४ पछि भारतीय महिला टिमले पहिलो पटक टेस्ट क्रिकेट खेलेको हो। अन्तिम पटक भारतले दक्षिण अफ्रीका बिरुद्ध तथा सोहि वर्ष इंग्ल्यान्ड बिरुद्ध टेस्ट खेलेको थियो। उक्त दुवै टेस्टमा भारत विजयी भएको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy