एसिया कप : हंगकंगलाई हराउदै भारत सुपर-४ चरण प्रवेश

हंगकंगलाई ४० रनले पराजित गर्दै भारत युएईमा जारि एसिया कप २०२२ को समुह ‘ए’ बाट सुपर-४ चरण प्रवेश गरेको छ।पहिलो खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको थियो।

स्कोरकार्ड 

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भारतले दिएको १९३ रनको लक्ष पछ्याएको हंगकंगले पुरै २० ओभर ब्याटिंग गर्दै ५ विकेट गुमाएर १५३ रन बनायो।

हंगकंगको लागि बाबर हायातले सर्वाधिक ४१ तथा किन्चित शाहले ४१ रन बनाए। जिशान अलिले अविजित २६ र स्कट म्याकेनीले अविजित १६ रन बनाए।

भारतको बलिंगमा अर्शदिप सिंह, भुवनेश्वर कुमार, रभीन्द्र जडेजा, आभेस खानले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको भारतले २० ओभरमा २ विकेट क्षतिमा १९२ रन बनायो।

भारतको लागि सुर्यकुमार यादवले सर्वाधिक योगदान दिने क्रममा २६ बलमा ६ चौका र ६ छक्का मद्दतले ६८ रन बनाए।लामो समय पछि अर्धशतक बनाएका बिराट कोहलीले अविजित ५९ रन बनाए जुन क्रममा ४४ बलमा १ चौका र ३ छक्का प्रहार गरे। कोहली र यादवले तेश्रो विकेटको लागि अविजित १०२ रनको साझेदारी गरे। ओपनर केएल राहुलले ३६ तथा रोहित शर्माले २१ रन बनाए।

हंगकंग बलर आयुष शुल्क र मोहम्मद घजानफरले १/१ विकेट लिए। स्कोरकार्ड 

प्रतियोगिता अन्तर्गत सेप्टेम्बर १ तारिख बिहिबार श्रीलंका र बंगलादेश बीच प्रतिस्पर्धा हुनेछ।

 





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]