काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकप क्रिकेटमा आज (बुधबार) भारत आयरल्यान्ड खेल्दै छन् ।
विश्वकपको आठौं खेलमा समूह ए मा रहेका भारत र आयरल्यान्डबीच नेपाली समय अनुसार बुधबार सवा आठमा अमेरिकाको न्युयोर्कमा हुदैछ ।
भारत अघिल्लो संस्करणको विश्वकपको शीर्ष आठमा रहदै छनोट भएको हो । भने, आयरल्यान्ड युरोप महादेशीय छनोटको शीर्ष दुईमा रहेर विश्वकपका लागि छनोट भएको हो ।
नवौं संस्करणको यस विश्वकपमा पहिलो पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । समूह ए मा भारत र आयरल्यान्डका अलावा क्यानडा, अमेरिका, पाकिस्तान र आयरल्यान्ड तथा समूह बी मा अस्ट्रेलिया, इंग्ल्यान्ड, स्कटल्यान्ड, नामिबिया र ओमान छन् ।
समूह सी मा वेस्ट इन्डिज, न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी तथा समूह डीमा नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।
हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् । सुपर आठमा पनि दुई समूह हुनेछ । यसका हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । सेमिफाइनलका विजेता टोलीले फाइनलमा स्थान बनाउँदा फाइनलमा विजयी बन्ने टोलीले यस संस्करणको उपाधी जित्नेछ ।
विश्वकपको दोस्रो खेलमा नेपालले श्रीलंकासँग १२ जुन अर्थात ३० जेठ बुधबारको दिन लाउडेरहिलमा खेल्नेछ ।