T20WC : न्युजिल्यान्डको सेमीफाइनल सम्भावना बलियो, नामिबिया बाहिरियो

आफ्नो चौंथो खेलमा नामिबियालाई ५२ रनले सहजै पराजित गर्दै न्युजिल्यान्डले नेट रन रेटमा उल्लेख्य सुधारका साथ टि-ट्वान्टी विश्वकपको सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। नामिबिया भने चौंथो खेलमा तेश्रो हारपछि अघिल्लो चरण नपुग्ने पक्का भएको छ।

युएईको शारजाह स्टेडियममा सम्पन्न खेलमा नामिबियाले दिएको १६४ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभ र ब्याटिंग गर्दै ७ विकेट क्षेतीमा १११ रन मात्र बनाउन सक्यो। उसको लागि माइकल भान लिंगेनले सर्वाधिक २५, जेन ग्रिनले २३, स्टेफेन बार्डले २१ तथा डेभिड विजाले १६ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा माइकल लिंगेन र बार्डले ४७ रनको ओपनिंग साझेदारी गरे। आठौँ ओभरमा लिंगेन आउट भएपछि बार्ड र कप्तान इरास्मस लगातार आउट भए। चौंथो विकेटको लागि जेन ग्रिन र डेभिड विजाले ३१ रन जोडे। पन्ध्रौँ ओभरमा विजा आउट भएपछि न्युजिल्यान्ड खेलमा हावी बन्यो। फलस्वरुप ८६/३ को अवस्थाबाट नामिबियाले योगफलमा थप २५ रन मात्र बनाउन सक्यो। न्युजिल्यान्ड टिम साउदी ( ४-०-१५-२ ) र ट्रेन्ट बोल्टले ( ४-०-२०-२ ) ले समान दुई विकट तथा मिचेल स्यान्टनर ( ४-०-२०-१ ) , जेम्स निशम ( १-०-६-१ ) र इश सोढीले ( ३-०-२२-१ ) समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको न्युजिल्यान्डले २० ओभरमा ४ विकेट क्षेतीमा १६३ रन बनाएको थियो। उसको लागि न फिलिप्सले सर्वाधिक ३९ रन बनाए जुन क्रममा अविजित रहँदै २१ बलमा १ चौका र ३ छक्का प्रहार गरे भने जेम्स निशमले २३ बलमा १ चौका र २ छक्का मद्दतले अविजित ३५ रन बनाए। यस्तै कप्तान केन विलियमसनले २८, डेरेल मिचेलले १९, मार्टिन गप्टिलले १८ तथा डेभोन कनवेले १७ रन बनाए।

८७ रनमा ४ विकेट गुमाएको अवस्थामा फिलिप्स र निशमले पाँचौ विकेटको लागि मात्र ३६ बलमा ७६ रनको साझेदारी गरे। दुई ब्याट्सम्यानले अन्तिम ५ ओभरमा ७३ रन बनाए।नामिबियाका बलर जेरार्ड इरास्मस ( ४-०-२२-१ ) , डेभिड विजा ( ४-०-४०-१ ) र बर्नार्ड स्कल्जले ( ३-०-१५-१ ) समान एक विकेट लिए।

अंकतालिका र सेमीफाइनल समीकरण 

जितपछि न्युजिल्यान्ड ४ खेलमा ३ जित र १ हार बेहोर्दै ६ अंक सहित अंकतालिकाको दोश्रो स्थानमा पुगेको छ। न्युजिल्यान्डको नेट रन रेट -०.८१६ बाट बढेर १.२७७ पुगेको छ। पहिलो स्थानमा रहेको पाकिस्तान ४ वटै खेलमा जित दर्ता गर्दै सेमीफाइनल पुगीसकेको छ। अफगानिस्तान ४ खेलमा २/२ जित हार बेहोर्दै ४ अंक सहित तेश्रो स्थानमा छ भने भारत ३ खेलमा १ जित र २ हार बेहोर्दै २ अंकको साथ चौंथो स्थानमा छ। नामिबिया र स्कटल्याण्ड सेमीफाइनल दौडबाट बाहिर भएका छन्।

न्युजिल्यान्डले सुपर-१२ चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गरेमा सेमीफाइनल प्रवेश गर्नेछ। यदी अफगानिस्तान विजयी भएको खण्डमा तथा भारतले आगामी दुई खेलमा स्कटल्याण्ड र नामिबियालाई पराजित गरेमा तिन वटै टिमको ६ अंक हुनेछ र नेट रन रेटमा उत्कृस्ट हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ।





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]