टि-२० विश्वकप : नेदरल्याण्ड बिरुद्ध भारतको सहज जित, कोहलीको लय कायमै

भारतले अस्ट्रेलियामा जारि टि-२० विश्वकपमा लगातार दोश्रो जित दर्ता गरेको छ।

सुपर-१२ चरण अन्तर्गत पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको भारतले दोश्रो खेलमा नेदरल्याण्डलाई ५७ रनले सहजै पराजित गर्यो।

सिड्नी मैदानमा भारतले दिएको १८० रनको लक्ष्य पछ्याएको नेदरल्याण्डले पुरै २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा १२३ रन मात्र बनाउन सक्यो। नेदरल्याण्डको लागि टिम प्रिंगलले सर्वाधिक २० रन बनाए। कोलिन एंकरम्यानले १७ तथा म्याक्स ओ डोड, बास डी लिडे र शरिज एहमदले समान १६ रन बनाए।

भारतको बलिंगमा भुवनेश्वर कुमार, अर्शदिप सिंह, अक्षर पटेल र रभीचन्द्रन आश्विनले २/२ विकेट तथा मोहम्मद शामीले १ विकेट लिए।

टस जितेर पहिले ब्याटिंग रोजेको भातले निर्धारित २० ओभरमा २ विकेट क्षेतीमा १७९ रन बनायो।

भारतको लागि कप्तान रोहित शर्मा, बिराट कोहली र सुर्यकुमार यादवले अर्धशतक बनाए। केएल राहुल ९ रन बनाएर आउट भएपछि दोश्रो विकेटको लागि रोहित र कोहलीले ७३ रन जोडे। रोहित बाह्रौं ओभरमा ५३ रन बनाएर आउट भए जस अघि ३९ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

रोहितको विकेटपछि कोहली र यादवले ४८ बलमा अविजित ९५ रनको साझेदारी गरे। कोहलीले ४४ बलमा ३ चौका र २ छक्का मद्दतले ६२ रन बनाए। यादवले २५ बलमा ७ चौका र १ छक्का मद्दतले ५१ रन बनाए।

नेदरल्याण्ड बलर फ्रेड क्लासेन र पल भान मिकीरनले १/१ विकेट लिए।

भारतले आफ्नो तेश्रो खेल ३० अक्टोबरमा दक्षिण अफ्रीका बिरुद्ध तथा सोहि दिन नेदरल्याण्डले पाकिस्तानसंग प्रतिस्पर्धा गर्नेछ।

जितपछि सुपर-१२ चरणको समुह ‘२’ को अंकतालिकामा भारत दुवै खेलमा जित पछि ४ अंक सहित शिर्ष स्थानमा छ। दुवै खेलमा हार पछि नेदरल्याण्ड छैठौं स्थानमा छ।

अंकतालिका 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy