धोनी, रोहित र धवनले राम्रो ब्याटिंग गर्दा भारतले बनायो ३२४

भारत र न्युजिल्याण्ड बीच जारि ५ एकदिवसीयको सिरिज अन्तर्गत दोश्रो एकदिवसीयमा भारतले टस जितेर ब्याटिंग गर्दै ५० ओभरमा ४ विकेट गुमाएर ३२४ रनको योगफल तयार गरेको छ।

पहिलो एकदिवसीयमा भारतले घरेलु टिमलाई ८ विकेटले ( डीएलएस मेथड ) पराजित गरेको थियो। 

बे ओभल मैदानमा भारतलाई राम्रो सुरुवात दिलाउने क्रममा रोहित शर्मा र शिखर धवनले पहिलो विकेटको लागि १५४ रनको साझेदारी गरे। २६ औं ओभरमा शिखर ६६ रन बनाएर आउट भएपछि साझेदारी टुटेको थियो। धवनले ६७ बलमा ९ चौका प्रहार गरे।

रोहित शर्मा पनि ३० औं ओभरमा ८७ रन बनाएर आउट हुँदा दोश्रो विकेट गुमाएको भारतलाई तेश्रो विकेटको लागि कप्तान बिराट कोहली र अम्बाती रायडुले अघि बढाए। रोहितले ९६ बलमा ९ चौका र ३ छक्का प्रहार गरे।

रायडूसंग ६४ रनको साझेदारी गरेपछि कोहली ४३ रनको ( ४५ बलमा ५ चौका ) स्कोरमा आउट भए। कोहलीको विकेट पछि रायडु ४७ रन ( ४९ बलमा ३ चौका र १ छक्का ) बनाएर आउट भए।

४५.४ ओभरमा २७१/४ रहेको भारतको योगफललाई रफ्तार दिंदै त्यसपछि धोनी र केदार जाधबले पाँचौ विकेटको लागि  २६ बलमा ५३ रन बनाए। फलस्वरुप भारतले ५० ओभरमा ४ विकेट गुमाएर ३२४ रन बनायो।

धोनीले अविजित ४८ रन बनाए जुन क्रममा ३३ बलमा १ छक्का र ५ चौका प्रहार गरे। जाधबले अविजित २२ रन बनाउदा १० बलमा ३ चौका र १ छक्का प्रहार गरे।

न्युजिल्याण्डको बलिङ्गमा ट्रेन्ट बोल्ट ( १०-१-६१-२ ) र लकि फर्गुसनले ( १०-१-८१-२ ) २/२ विकेट लिए।

 





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]