प्रतिस्पर्धात्मक खेलमा भारतद्वारा न्युजिल्यान्ड पराजित

प्रतिस्पर्धात्मक खेलमा न्युजिल्यान्डलाई ५ विकेटले पराजित गर्दै घरेलु टोलि भारतले तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ।

भारतको जयपुर स्थित सवाई मान सिंह स्टेडियममा न्युजिल्यान्डले दिएको १६५ रनको लक्ष्य भारतले २ बल बाँकी रहंदा ५ विकेट क्षेतीमा पुरा गर्यो। भारतको ब्याटिंगमा सुर्यकुमार यादवले सर्वाधिक ६२ रन योगदान दिए जुन क्रममा उनले ४० बलमा ६ चौका र ३ छक्का प्रहार गरे यस्तै कप्तान रोहित शर्माले ३६ बलमा ५ चौका र २ छक्का मद्दतले ४८ रन बनाए। रिशभ पन्तले अविजित १७ तथा केएल राहुलले १५ रन योगदान दिए।

लक्ष्य पछ्याउने क्रममा भारतीय ओपनर रोहित शर्मा र केएल राहुलले ५० रनको साझेदारी गरे। छैठौं ओभरमा राहुललाई मिचेल स्यान्टनरले क्याच आउट परे। दोश्रो विकेटको लागि रोहितले सुर्यकुमार यादवसंग ५९ रन जोडे। चौधौं ओभरमा रोहितलाई ट्रेन्ट बोल्टले क्याच आउट पारे। त्यसपछि सुर्यकुमार र रिशभले ३५ रनको साझेदारी गर्दै जित नजिक पुर्याए। सुर्यकुमारलाई सत्रौं ओभरमा बोल्टले बोल्ड गरे।

जित्न अन्तिम ३ ओभरमा मात्र २१ रन आवस्यक हुँदा १८ औं ओभरमा लकी फर्गुसनले मात्र ५ रन खर्चिए भने उन्नाईसौं ओभरमा टिम साउदीले मात्र ६ रन खर्चिए। अन्तिम ओभरमा जित्न १० रन आवस्यक रह्यो।

अन्तिम ओभरको पहिलो बलमा वाइड फलेका डेरेल मिचेलको दोश्रो बलमा भेंकटेस ऐयरले चौका प्रहार गरे। लगत्तै बलमा ऐयर क्याट आउट हुन पुगे। जित्न ४ बलमा ५ रन आवस्यक हुँदा मिचेलले अर्को वाइड बल गरे। त्यसपछि अक्षर पटेलले १ रन लिंदै रिशभ पन्तलाई स्ट्राइक दिए। चौंथो बलमा चौका प्रहार गर्दै पन्तले जित दिलाए।

न्युजिल्यान्डको बलिंगमा ट्रेन्ट बोल्टले २ विकेट ( ४-०-३१-२ ) लिए भने टिम साउदी ( ४-०-४०-१ ) , मिचेल स्यान्टनर ( ४-०-१९-१ ) र डेरेल मिचेल ( ०.४-०-११-१ ) ले समान १ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको न्युजिल्यान्डले २० ओभरमा ६ विकेट क्षेतीमा १६४ रन बनाएको थियो। न्युजिल्यान्डको ब्याटिंगमा ओपनर मार्टिन गप्टिलले सर्वाधिक ७० रन बनाए जुन क्रममा ४२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै मार्क च्यापम्यानले ५० बलमा ६ चौका र २ छक्का मद्दतले ६३ रन बनाए। टिम सेफर्टले १२ रन बनाए।

ओपनर डेरेल मिचेल खाता नखोली पहिलो ओभरमा भुवनेश्वर कुमारबाट बोल्ड भएपछि दोश्रो विकेटको लागि गप्टिलले मार्क च्यापम्यानसंग शतकीय साझेदारी गरे। १०९ रनको साझेदारी चौधौं ओभरमा रभीचन्द्रन आश्विनले च्यापम्यानलाई बोल्ड गर्दै तोडे। सोहि ओभरमा ग्लेन फिलिप्सलाई आश्विनले खाता नखोली एलबिडब्लु पारे। चौंथो विकेटको लागि गप्टिलले टिम सेफर्टसंग ४० रन जोडे। गप्टिललाई अठारौं ओभरमा दिपक चाहरले क्याच आउट पारे। लगत्तै ओभरमा सेफर्टलाई भुवनेश्वरले क्याच आउट पारे। अन्तिम ५ ओभरमा न्युजिल्यान्डले ३ विकेट गुमाएर ४१ रन बनायो।

भारतको बलिंगमा भुवनेश्वर कुमार ( ४-०-२४-२ ) र रभीचन्द्रन आश्विनले २ विकेट ( ४-०-२३-२ ) हात पारे। दिपक चाहर ( ४-०-४२-१ ) र मोहम्मद सिराज ( ४-०-३९-१ ) ले समान १ विकेट लिए।

सिरिज अन्तर्गत दोश्रो खेल नोभेम्बर १९ तथा तेश्रो खेल नोभेम्बर २१ तारिखमा खेलिनेछ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]