WTC FINAL #INDvsNZ : पाँचौ दिन कस्तो होला मौसम

भारत र न्युजिल्यान्ड बीच इंग्ल्यान्डको साउथह्याम्पटनमा जारि आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप अन्तर्गत आज पाँचौ दिनको खेल हुनेछ। खेल नेपाली समय ३:१५ बजे दिउसो सुरु हुने तालिका रहेको छ।

जारि टेस्ट अन्तर्गत पहिलो ४ दिन मध्ये पहिलो र चौथो दिनको खेल एक बल पनि नखेली रद्द भएको थियो। पाँचौ दिन र रिजर्भ डे राखिएको छैठौं दिन खेल होस् र बराबरी भन्दा एउटा टिम विजेता होस् भन्ने चाहना सबैको रहेको छ। तर मौसम भिलेन बन्दा समर्थकहरुमा निराशा छाएको छ। टेस्ट बराबरी भए दुवै टिमलाई संयुक्त विजेता घोषित गरिनेछ।

आज पाँचौ दिनको मौसम राम्रो हुने र पुरै ओभर खेल हुने आशा गरिएको छ। मौसम पूर्वानुमान अनुसार मंगलबार वर्षाको सम्भावना निकै कम रहेको छ। मैदानमा दिनभर बाँदल लाग्नेछ भने दिउसो १ देखि २ बजे ४०/५०% वर्षा हुने सम्भावना रहेको छ। त्यसबाहेक अन्य समय वर्षाको सम्भावना देखिएको छैन। दिनभर घाम भने मैदानमा देखिनेछैन जसकारण खराब प्रकाशले बाधा पुर्याउने सम्भावना भने रहन्छ। सुखद खबर के छ भने रिजर्भ डेको दिन पनि मौसम सफा रहने र अझ राम्रो रहने पूर्वानुमान गरिएको छ।

टेस्टको पहिलो इनिंग्समा टस हारेर ब्याटिंग गरेको भारतले २१७ रन बनाएको थियो जसपछि पहिलो इनिंग्स सुरु गरेको न्युजिल्यान्डले ४९ ओभर ब्याटिंग गर्दा २ विकेट क्षेतीमा १०१ रन बनाएको छ। क्रिजमा केन विलियमसन १२ तथा रोस टेलर खाता नखोली अविजित रहेका छन्। भारतको योगफल भन्दा न्युजिल्यान्ड ११६ रनले पछि रहेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy