ICC WTC FINAL : पाँचौ दिन भारतको उत्कृस्ट कम्ब्याक, न्युजिल्यान्ड दबाबमा

आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलको पाँचौ दिनको पहिलो सेसनको खेल समाप्त भएको छ।

लन्च ब्रेक हुँदा पाँचौ दिनको सुरुवात १०१/२ को योगफलबाट गरेको न्युजिल्यान्डले थप ३ विकेट गुमाएर ७२ ओभर ब्याटिंग गर्दा ५ विकेट क्षेतीमा १३५ रन बनाएको छ। भारतको पहिलो इनिंग्सको योगफल भन्दा न्युजिल्यान्ड अझै ८२ रन पछि रहेको छ।

क्रिजमा न्युजिल्यान्ड कप्तान केन विलियमसन १९ रन बनाएर डटिरहेका छन् जसले ११२ बलमा २ चौका प्रहार गरेका छन्। यस्तै कोलिन डी ग्रयाण्ड होम ४ बल खेल्दा खाता नखोली खेलीरहेका छन्।

११ रन बनाएका रोस टेलरलाई मोहम्मद शामीले शुबमन गिलबाट सर्ट कभरमा क्याच आउट गर्दै भारतको पाँचौ दिन विकेटको खाता खोले। त्यसपछि न्युजिल्यान्डले लगातार विकेट गुमाउन पुग्यो। ७ रन बनाएका हेनरी निकोलसलाई इशान्त शर्माले स्लिपमा रोहित शर्माबाट तथा लगत्तै ओभरमा १ रन बनएका बिजे वाटलिंगलाई शामीले बोल्ड गरे।

भारतको बलिंगमा मोहम्मद शामी ( १८-८-३१-२ ) र इशान्त शर्मा ( २०-९-२७-२ ) ले समान २ विकेट तथा रभीचन्द्रन आश्विन ( १२-५-२०-१ ) ले १ विकेट लिएका छन्।

टेस्टको पहिलो इनिंग्समा टस हारेर ब्याटिंग गरेको भारतले २१७ रन बनाएको थियो। भारतको लागि अजिंके रहानेले ४९ रन, बिराट कोहलीले ४४ रन, रोहित शर्माले ३४ रन योगदान दिएका थिए। न्युजिल्यान्डको बलिंगमा कायल जेमीसनले ५ विकेट तथा ट्रेन्ट बोल्ट र निल वाग्नरले समान २ विकेट लिएका थिए।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]