ICC WTC FINAL : पाँचौ दिन भारतको उत्कृस्ट कम्ब्याक, न्युजिल्यान्ड दबाबमा

आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलको पाँचौ दिनको पहिलो सेसनको खेल समाप्त भएको छ।

लन्च ब्रेक हुँदा पाँचौ दिनको सुरुवात १०१/२ को योगफलबाट गरेको न्युजिल्यान्डले थप ३ विकेट गुमाएर ७२ ओभर ब्याटिंग गर्दा ५ विकेट क्षेतीमा १३५ रन बनाएको छ। भारतको पहिलो इनिंग्सको योगफल भन्दा न्युजिल्यान्ड अझै ८२ रन पछि रहेको छ।

क्रिजमा न्युजिल्यान्ड कप्तान केन विलियमसन १९ रन बनाएर डटिरहेका छन् जसले ११२ बलमा २ चौका प्रहार गरेका छन्। यस्तै कोलिन डी ग्रयाण्ड होम ४ बल खेल्दा खाता नखोली खेलीरहेका छन्।

११ रन बनाएका रोस टेलरलाई मोहम्मद शामीले शुबमन गिलबाट सर्ट कभरमा क्याच आउट गर्दै भारतको पाँचौ दिन विकेटको खाता खोले। त्यसपछि न्युजिल्यान्डले लगातार विकेट गुमाउन पुग्यो। ७ रन बनाएका हेनरी निकोलसलाई इशान्त शर्माले स्लिपमा रोहित शर्माबाट तथा लगत्तै ओभरमा १ रन बनएका बिजे वाटलिंगलाई शामीले बोल्ड गरे।

भारतको बलिंगमा मोहम्मद शामी ( १८-८-३१-२ ) र इशान्त शर्मा ( २०-९-२७-२ ) ले समान २ विकेट तथा रभीचन्द्रन आश्विन ( १२-५-२०-१ ) ले १ विकेट लिएका छन्।

टेस्टको पहिलो इनिंग्समा टस हारेर ब्याटिंग गरेको भारतले २१७ रन बनाएको थियो। भारतको लागि अजिंके रहानेले ४९ रन, बिराट कोहलीले ४४ रन, रोहित शर्माले ३४ रन योगदान दिएका थिए। न्युजिल्यान्डको बलिंगमा कायल जेमीसनले ५ विकेट तथा ट्रेन्ट बोल्ट र निल वाग्नरले समान २ विकेट लिएका थिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy