टेस्ट च्याम्पियनसिपको पहिलो दिन टस नभई रद्द, जान्नुस भोलिको मौसम कस्तो हुनेछ

२०७८ असार ४, शुक्रबार २०:५६

भारत र न्युजिल्यान्ड बीच आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप अन्तर्गत पहिलो दिन निराशाजनक अन्त्य भएको छ।

इङ्ग्ल्याडको साउथह्याम्पटनमा टेस्टको सुरुवाती दिन वर्षाको कारण टस समेत नभई समाप्त भएको हो। दुवै टिम तथा समर्थकहरु खेल सुरु हुने प्रतीक्षामै दिनको समाप्ति हुन पुग्यो। केहि समय वर्षा रोकिंदा खेल हुने जस्तो भान भएता पनि पुनः वर्षा सुरु हुँदा आशा निराशामा बदलिन पुग्यो।

दिनको सुरुवात भारि वर्षाबाट भएपछि धेरै पटक वर्षा थामिएको थियो। ६:४५ बजे वर्षा थामिदा म्याच सुरु हुने सम्भावना देखिएको थियो। तर ७:१५ बजे पुनः वर्षा निरन्तर भएपछि अधिकारिक रुपमा पहिलो दिन रद्द गरिएको थियो।


पहिलो दिनको खेल हुन नसकेता पनि दोश्रो दिन भने खेल पुरा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान अनुसार भोलि मौसम अधिकांश समय सफा हुनेछ र समयमै खेल सुरु हुन सक्नेछ। दिउसोको समय केहि वर्षा भने हुनसक्ने अनुमान गरिएको छ। भोलि नेपाली समय दिउसो ३:१५ बजे खेल सुरु हुनेछ।

आईसीसीले टेस्टको पहिलो ५ दिनको खेल अवरुद्ध भएको खण्डमा छैठौं दिन ( २३ जुन ) पनि रिजर्भ डे राखेको छ।

टेस्ट हुने अघिल्लो दिन बिहिबार भारतले आफ्नो अन्तिम-११ घोषणा गरिसकेको छ। तथापी परिस्थिति अनुसार भारतले भोलि अन्तिम-११ परिवर्तन गर्न सक्नेछ। न्युजिल्यान्डले भने अन्तिम-११ घोषणा गरिएको छैन।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy