WTC FINAL : कोहली, पुजारा र रहानेको विकेट पछि पन्त र जडेजाले भारतलाई सम्हाल्दै

भारत र न्युजिल्यान्ड बीच इंग्ल्यान्डमा जारि वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलको छैठौं दिन रिजर्भ डेको पहिलो सेसन समाप्तिमा भारतले दोश्रो इनिंग्समा ९८ रनको अग्रता पाएको छ। भारतले ५५ ओभर ब्याटिंग गर्दा  १३० रन बनाउदा ५ विकेट गुमाएको छ।

दिनको सुरुवात ६४/२ को अवस्थाबाट गरेको भारतले थप ३ विकेट गुमाएपछि क्रिजमा रिशभ पन्त र रभीन्द्र जडेजा रहेका छन्। दुवैले छैठौं विकेटको लागि २१ रनको साझेदारी गरेका छन्। पन्त ४८ बलमा ४ चौका मद्दतले २८ रन तथा जडेजा २० बलमा २ चौका मद्दतले १२ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

यस अघि दिनको सुरुवातमा कप्तान बिराट कोहली १३ रन बन्येर कायल जेमीसनबाट विकेटकिपरबाट आउट भए। चेतेश्वर पुजारा पनि १५ रन बनाएर जेमीसनको बलमा स्लिपमा समातिन पुगे। पाँचौ विकेटको लग रिशभ पन्तले अजिंके रहानेसंग ३७ रनको साझेदारी गरे। रहाने १५ रन बनाएर ट्रेन्ट बोल्टको बलमा विकेटकिपर वाटलिंगबाट समातिन पुगे। पाँचौ दिन अन्तिम सेसनमा रोहित शर्मा ३० तथा शुबमन गिल ८ रन बनाएर आउट भएका थिए।

न्युजिल्यान्डको बलिंगमा टिम साउदी ( १६-४-३५-२ ) र कायल जेमीसन ( १७-८-२१-२ ) ले समान २ विकेट तथा ट्रेन्ट बोल्टले १ विकेट ( १३-१-३७-१ ) लिएका छन्।

टेस्टमा टस हारेर ब्याटिंग गरेको भारतले पहिलो इनिंग्समा २१७ रन तथा न्युजिल्यान्डले पहिलो इनिंग्समा २४९ रन बनाएको थियो।





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]