WTC FINAL : कोहली, पुजारा र रहानेको विकेट पछि पन्त र जडेजाले भारतलाई सम्हाल्दै

भारत र न्युजिल्यान्ड बीच इंग्ल्यान्डमा जारि वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलको छैठौं दिन रिजर्भ डेको पहिलो सेसन समाप्तिमा भारतले दोश्रो इनिंग्समा ९८ रनको अग्रता पाएको छ। भारतले ५५ ओभर ब्याटिंग गर्दा  १३० रन बनाउदा ५ विकेट गुमाएको छ।

दिनको सुरुवात ६४/२ को अवस्थाबाट गरेको भारतले थप ३ विकेट गुमाएपछि क्रिजमा रिशभ पन्त र रभीन्द्र जडेजा रहेका छन्। दुवैले छैठौं विकेटको लागि २१ रनको साझेदारी गरेका छन्। पन्त ४८ बलमा ४ चौका मद्दतले २८ रन तथा जडेजा २० बलमा २ चौका मद्दतले १२ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

यस अघि दिनको सुरुवातमा कप्तान बिराट कोहली १३ रन बन्येर कायल जेमीसनबाट विकेटकिपरबाट आउट भए। चेतेश्वर पुजारा पनि १५ रन बनाएर जेमीसनको बलमा स्लिपमा समातिन पुगे। पाँचौ विकेटको लग रिशभ पन्तले अजिंके रहानेसंग ३७ रनको साझेदारी गरे। रहाने १५ रन बनाएर ट्रेन्ट बोल्टको बलमा विकेटकिपर वाटलिंगबाट समातिन पुगे। पाँचौ दिन अन्तिम सेसनमा रोहित शर्मा ३० तथा शुबमन गिल ८ रन बनाएर आउट भएका थिए।

न्युजिल्यान्डको बलिंगमा टिम साउदी ( १६-४-३५-२ ) र कायल जेमीसन ( १७-८-२१-२ ) ले समान २ विकेट तथा ट्रेन्ट बोल्टले १ विकेट ( १३-१-३७-१ ) लिएका छन्।

टेस्टमा टस हारेर ब्याटिंग गरेको भारतले पहिलो इनिंग्समा २१७ रन तथा न्युजिल्यान्डले पहिलो इनिंग्समा २४९ रन बनाएको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy