आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल जित्न भारतले न्युजिल्यान्डलाई १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
भारतले दोश्रो इनिंग्समा ७३ ओभरमा १७० रनमा सम्पूर्ण विकेट गुमाएपछि दोश्रो इनिंग्समा १३८ रनको अग्रता लिंदै १३९ रनको लक्ष्य प्रस्तुत गरेको हो। टेस्टमा आज अधिकतम ५५ ओभरको खेल बाँकी रहेको छ।
भारतको लागि रिशभ पन्तले सर्वाधिक ४१ रन, रोषित शर्माले ३० रन, रभीन्द्र जडेजाले १६ रन तथा अजिंके रहाने र चेतेश्वर पुजाराले समान १५ रन तथा बिराट कोहली र मोहम्मद शामीले समान १३ रन योगदान दिए।
कोहली, पुजारा र रहानेको विकेट जाँदा भारत एक समय १०९/५ को अवस्थामा पुगेको थियो जहाँबाट रिशभ पन्तले एक किनार सम्हालेर योगफल १५० पार गराएका थिए। पन्तलाई ट्रेन्ट बोल्टले क्याच आउट गराए।
छैठौं दिनको सुरुवात ६४/२ को अवस्थाबाट गरेको भारतले थप १०६ रन योगफलमा जोड्दा ८ विकेट गुमाउन पुग्यो।
न्युजिल्यान्डको बलिंगमा टिम साउदीले ४ विकेट ( १९-४-४८-४ ), ट्रेन्ट बोल्टले ३ विकेट ( १५-२-३९-३ ) , कायल जेमीसनले २ विकेट ( २४-१०-३०-२ ) र निल वाग्नरले १ विकेट ( १५-२-४४-१ ) लिए।
टेस्टमा टस हारेर ब्याटिंग गरेको भारतले पहिलो इनिंग्समा २१७ रन तथा न्युजिल्यान्डले पहिलो इनिंग्समा २४९ रन बनाएको थियो।
