भारतले उत्कृस्ट बलिङ्ग गर्दा न्युजिल्याण्ड दबाबमा, वर्षा बन्यो बाधा

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत पहिलो सेमीफाइनलमा भारत र न्युजिल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्। लिग चरणमा भारत पहिलो स्थानमा र न्युजिल्याण्ड चौथो स्थानमा रहँदै सेमीफाइनलमा स्थान बनाएको थियो।

ओल्ड ट्रयाफोर्ड , म्यानचेस्टरमा टस जितेर ब्याटिंग गरेको न्युजिल्याण्डले ४६.१ ओभरमा ५ विकेट गुमाएर २११ रन बनाएको छ। भारि वर्षाको कारण खेल रोकिएको छ।

अत्यन्त सुस्त सुरुवात गरेको न्युजिल्याण्डका ओपनर मार्टिन गुप्टिललाई १ रन मात्र बनाउदा जस्प्रित बुम्राहले चौथो ओभरमा क्याच आउट गराएका थिए।

दोश्रो विकेटको लागि हेनरी निकोलस र कप्तान केन विलियमसनले ६८ रन रनको साझेदारी गरे। १९ औं ओभरमा निकोलसलाई रभिन्द्र जडेजाले बोल्ड गर्दै भारतलाई खेलमा फर्काए। ५१ बलमा निकोलसले २ चौका मदतले २८ रन बनाए।

विलियमसन र रोस टेलरले तेश्रो विकेटको लागि ६५ रन बनाए। ३६ औं ओभरमा युझभेन्द्र चाहलले विलियमसनलाई क्याच आउट गराए। ९५ बलमा उनले ६ चौका प्रहार गरे। त्यसपछि रोस टेलरले एक किनार सम्हालीरहे।

१२ रन बनाएर जेम्स निशम ४१ औं ओभरमा पान्ड्याको शिकार बने। यस्तै कोलिन डी ग्रयाण्डहोम १६ रन बनाएर आउट भए जसलाई भुवनेश्वर कुमारले धोनीबाट क्याच आउट गरे।

४६.१ ओभरमा खेल वर्षाले रोकिंदा रोस टेलर ६७ र बनाएर ब्याटिंग गरिरहेका छन्। ८५ बलमा उनले ३ चौका र १ छक्का प्रहार गरेका छन्। टम लाथम ३ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

भारतको बलिंगमा भुवनेश्वर कुमार ( ८.१-१-३०-१ ) , जस्प्रित बुम्राह ( ८-१-२५-१ ) , हार्दिक पान्ड्या ( १०-०-५५-१ ) , रभिन्द्र जडेजा ( १०-०-३४-१ ) र युझभेन्द्र चाहल ( १०-०-६३-१ ) ले १/१ विकेट लिए।

खेलको केहि फोटोहरु 





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]