भारतले उत्कृस्ट बलिङ्ग गर्दा न्युजिल्याण्ड दबाबमा, वर्षा बन्यो बाधा

२०७६ असार २४, मंगलवार १९:२८

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत पहिलो सेमीफाइनलमा भारत र न्युजिल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्। लिग चरणमा भारत पहिलो स्थानमा र न्युजिल्याण्ड चौथो स्थानमा रहँदै सेमीफाइनलमा स्थान बनाएको थियो।

ओल्ड ट्रयाफोर्ड , म्यानचेस्टरमा टस जितेर ब्याटिंग गरेको न्युजिल्याण्डले ४६.१ ओभरमा ५ विकेट गुमाएर २११ रन बनाएको छ। भारि वर्षाको कारण खेल रोकिएको छ।

अत्यन्त सुस्त सुरुवात गरेको न्युजिल्याण्डका ओपनर मार्टिन गुप्टिललाई १ रन मात्र बनाउदा जस्प्रित बुम्राहले चौथो ओभरमा क्याच आउट गराएका थिए।

दोश्रो विकेटको लागि हेनरी निकोलस र कप्तान केन विलियमसनले ६८ रन रनको साझेदारी गरे। १९ औं ओभरमा निकोलसलाई रभिन्द्र जडेजाले बोल्ड गर्दै भारतलाई खेलमा फर्काए। ५१ बलमा निकोलसले २ चौका मदतले २८ रन बनाए।

विलियमसन र रोस टेलरले तेश्रो विकेटको लागि ६५ रन बनाए। ३६ औं ओभरमा युझभेन्द्र चाहलले विलियमसनलाई क्याच आउट गराए। ९५ बलमा उनले ६ चौका प्रहार गरे। त्यसपछि रोस टेलरले एक किनार सम्हालीरहे।

१२ रन बनाएर जेम्स निशम ४१ औं ओभरमा पान्ड्याको शिकार बने। यस्तै कोलिन डी ग्रयाण्डहोम १६ रन बनाएर आउट भए जसलाई भुवनेश्वर कुमारले धोनीबाट क्याच आउट गरे।

४६.१ ओभरमा खेल वर्षाले रोकिंदा रोस टेलर ६७ र बनाएर ब्याटिंग गरिरहेका छन्। ८५ बलमा उनले ३ चौका र १ छक्का प्रहार गरेका छन्। टम लाथम ३ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

भारतको बलिंगमा भुवनेश्वर कुमार ( ८.१-१-३०-१ ) , जस्प्रित बुम्राह ( ८-१-२५-१ ) , हार्दिक पान्ड्या ( १०-०-५५-१ ) , रभिन्द्र जडेजा ( १०-०-३४-१ ) र युझभेन्द्र चाहल ( १०-०-६३-१ ) ले १/१ विकेट लिए।

खेलको केहि फोटोहरु 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy