WTC FINAL : बलिंग पछि ब्याटिंगमा पनि न्युजिल्यान्डको राम्रो सुरुवात

भारत र न्युजिल्यान्ड बीच इंग्ल्यान्डको साउथह्याम्प्टनमा जारि आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलको तेश्रो दिनको खेल समाप्त भएको छ।

दिनको समाप्तिमा पहिलो इनिंग्स ब्याटिंग सुरु गरेको न्युजिल्यान्डले ४९ ओभर ब्याटिंग गर्दै २ विकेट गुमाएर १०१ रन बनाएको छ। कप्तान केन विलियमसन १२ तथा रोस टेलर खाता नखोली ब्याटिंग गरिरहेका छन्।

भारतको पहिलो इनिंग्सको योगफल भन्दा न्युजिल्यान्ड ११६ रनले पछि रहेको छ।

न्युजिल्यान्ड ओपनर डेभोन कनवे र टम लाथमले ७० रनको ओपनिंग साझेदारी गरे। १०४ बलमा ३ चौका मद्दतले ३० रन बनाएका कनवेलाई ३५ औं ओभरमा रभीचन्द्रन आश्विनले क्याच आउट गराउदै भारतलाई महत्वपूर्ण विकेट दिलाए। विलियमसंग ३१ रनको साझेदारी गरेपछि कनवेलाई इशान्त शर्माले क्याच आउट गराए। कनवेले १५३ बलमा ६ चौका मद्दतले ५४ रन बनाए।

भारतको बलिंगमा इशान्त शर्मा ( १२-४-१९-१ ) र रभीचन्द्रन आश्विन ( १२-५-२०-१ ) ले समान १ विकेट लिए।

भारतको पहिलो इनिंग्स

यस अघि  टस हारेर ब्याटिंग गरेको भारतले पहिलो इनिंग्समा २१७ रन बनाएको थियो। दिनको सुरुवात १४६/३ को अवस्थाबाट सुरु गरेको भारतले थप ७ विकेट गुमाउन पुग्दा योगफलमा ७१ रन जोड्न सक्यो।

भारतको लागि अजिंके रहानेले सर्वाधिक ४९ रन तथा कप्तान बिराट कोहलीले ४४ रन बनाए। रोहित शर्माले ३४, शुबमन गिलले २८, रभीचन्द्रन आश्विनले २२ तथा रभीन्द्र जडेजाले १५ रन बनाए।

रोहित शर्मा र शुबमन गिल बीच पहिलो विकेटको लागि भएको ६२ रनको साझेदारी भारतको इनिंग्सको सर्वाधिक साझेदारी रह्यो। यस्तै बिराट कोहली र अजिंके रहानेले चौथो विकेटको लागि ६१ रनको साझेदारी गरे।

न्युजिल्यान्डको बलिंगमा दायाँ हाते पेसर कायल जेमीसनले सर्वाधिक ५ विकेट लिने क्रममा रोहित शर्मा, बिराट कोहली रिशभ पन्तको महत्वपूर्ण विकेट लिए। जेमीसनले २२ ओभर बलिंग गर्दै १२ मेडन ओभर गर्दै ३१ रन खर्चिए। ट्रेन्ट बोल्ट ( २१.१-४-४७-२ ) र निल वाग्नरले ( १५-५-४०-२ ) समान २ विकेट लिए भने टिम साउदीले १ विकेट ( २२-६-६४-१ ) आफ्नो नाम गरे।

कायल जेमीसनले ५ विकेट लिए

जेमीसनको कीर्तिमान

५ विकेट लिएका कायल जेमीसनले टेस्ट करियिअरमा कुल ४२ विकेट लिएका छन्। उनि पहिलो ८ टेस्ट खेल्दा सबैभन्दा बढी विकेट लिने न्युजिल्यान्ड खेलाडी बनेका छन् जुन क्रममा उनले ज्याक कोवीको ४१ विकेट तथा शेन बोन्डको ३८ विकेटको रेकर्ड पछि पारेका छन्।

यस्तै जेमीसन पहिलो ८ टेस्टमा पाँच पटक एकै टेस्टमा ५ विकेट लिने पहिलो न्युजिल्यान्ड बलर बनेका छन्। भारत बिरुद्ध उनले टेस्टमा दोश्रो पटक ५ विकेट लिएका हुन्।

वर्ल्ड टेस्ट च्याम्पियनसिपमा जेमीसन रभीचन्द्रन आश्विन, नाथन लायन र अक्षर पटेललाई पछि छाड्दै सबैभन्दा बढी एकै खेलमा ५ विकेट लिने बलर बनेका छन्। आश्विन, लायन र पटेलले ४ पटक एकै खेलमा ५ विकेट लिएका छन्। अक्षर पटेल टेस्ट खेलीरहेका छैनन् भने आश्विनलाई जेमीसनको रेकर्ड बराबरी गर्ने मौका रहेको छ।





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]