टि-२० विश्वकप : पाकिस्तानद्वारा भारतलाई १६० रनको लक्ष्य

अस्ट्रेलियामा जारी टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणको आफ्नो पहिलो खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गरिरहेका छन्।

मेलबर्न क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिंग गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १५९ रन बनाउदै भारतलाई १६० रनको लक्ष्य दिएको छ।

पाकिस्तानको सुरुवात खराब रह्यो। दोश्रो ओभरको पहिलो बलमै कप्तान बाबर आजम खाता नखोली अर्शदिप सिंहबाट एलबिडब्लु भए। चौंथो ओभरमा अर्का ओपनर मोहम्मद रिजवान ४ रन बनाएर सिंहबाटै क्याच आउट भए। तेश्रो विकेटको लागि शान मसुद र इफ्तिखार एहमदले ७६ रनको साझेदारी गर्दै इनिंग्स उकासे।

आक्रमक ब्याटिंग गरेका एहमद अर्धशतक बनाएपछि मोहम्मद शामीबाट एलबिडब्लु भए। एहमदले ३४ बलमा २ चौका र ४ छक्का मद्दतले ५१ रन बनाए। चौधौं ओभरमा हार्दिक पान्ड्याले शदाब खान र हैदर अलिको विकेट लिए। सत्रौं ओभरमा आसिफ अलिलाई अर्शदिपले क्याच आउट पारे। ९१/२ को अवस्थाबाट पाकिस्तान १२०/७ को अवस्थामा पुग्यो।

त्यसपछि पनि शान मसुदले एक किनार सम्हालीराखे र उन्नाईसौं  ओभरमा अर्धशतक पुरा गरे। शाहिन अफ्रिदीले पनि उनको राम्रो साथ दिए। आठौँ विकेटको लागि दुवैले ३१ रनको साझेदारी गरे। अफ्रिदी अन्तिम ओभरमा भुवनेश्वर कुमारबाट आउट भए जस अघि ८ बलमा १ चौका र १ छक्का मद्दतले १६ रन बनाए। शान मसुदले अविजित ५२ रन बनाए जुन क्रममा ४२ बलमा ५ चौका प्रहार गरे।

भारतको बलिंगमा अर्शदिप सिंह ( ३/३२ ) र हार्दिक पान्ड्याले ( ३/३० ) समान तिन विकेट लिए। मोहम्मद शामी र भुवनेश्वर कुमारले १/१ विकेट लिए।

सुपर-१२ चरणको समुह ‘१’ मा अफगानिस्तान, अस्ट्रेलिया, आयरल्याण्ड, न्युजिल्यान्ड र श्रीलंका छन् भने समुह ‘२’ मा बंगलादेश, भारत, नेदरल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रीका र जिम्बाब्वे छन्। सबै टिमले एक अर्का बिरुद्ध १/१ खेल खेले पछि समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy