टि-२० विश्वकप : पाकिस्तानद्वारा भारतलाई १६० रनको लक्ष्य

अस्ट्रेलियामा जारी टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणको आफ्नो पहिलो खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गरिरहेका छन्।

मेलबर्न क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिंग गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १५९ रन बनाउदै भारतलाई १६० रनको लक्ष्य दिएको छ।

पाकिस्तानको सुरुवात खराब रह्यो। दोश्रो ओभरको पहिलो बलमै कप्तान बाबर आजम खाता नखोली अर्शदिप सिंहबाट एलबिडब्लु भए। चौंथो ओभरमा अर्का ओपनर मोहम्मद रिजवान ४ रन बनाएर सिंहबाटै क्याच आउट भए। तेश्रो विकेटको लागि शान मसुद र इफ्तिखार एहमदले ७६ रनको साझेदारी गर्दै इनिंग्स उकासे।

आक्रमक ब्याटिंग गरेका एहमद अर्धशतक बनाएपछि मोहम्मद शामीबाट एलबिडब्लु भए। एहमदले ३४ बलमा २ चौका र ४ छक्का मद्दतले ५१ रन बनाए। चौधौं ओभरमा हार्दिक पान्ड्याले शदाब खान र हैदर अलिको विकेट लिए। सत्रौं ओभरमा आसिफ अलिलाई अर्शदिपले क्याच आउट पारे। ९१/२ को अवस्थाबाट पाकिस्तान १२०/७ को अवस्थामा पुग्यो।

त्यसपछि पनि शान मसुदले एक किनार सम्हालीराखे र उन्नाईसौं  ओभरमा अर्धशतक पुरा गरे। शाहिन अफ्रिदीले पनि उनको राम्रो साथ दिए। आठौँ विकेटको लागि दुवैले ३१ रनको साझेदारी गरे। अफ्रिदी अन्तिम ओभरमा भुवनेश्वर कुमारबाट आउट भए जस अघि ८ बलमा १ चौका र १ छक्का मद्दतले १६ रन बनाए। शान मसुदले अविजित ५२ रन बनाए जुन क्रममा ४२ बलमा ५ चौका प्रहार गरे।

भारतको बलिंगमा अर्शदिप सिंह ( ३/३२ ) र हार्दिक पान्ड्याले ( ३/३० ) समान तिन विकेट लिए। मोहम्मद शामी र भुवनेश्वर कुमारले १/१ विकेट लिए।

सुपर-१२ चरणको समुह ‘१’ मा अफगानिस्तान, अस्ट्रेलिया, आयरल्याण्ड, न्युजिल्यान्ड र श्रीलंका छन् भने समुह ‘२’ मा बंगलादेश, भारत, नेदरल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रीका र जिम्बाब्वे छन्। सबै टिमले एक अर्का बिरुद्ध १/१ खेल खेले पछि समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्।

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]