भुवनेश्वर र जाधबले शानदार बलिङ्ग गर्दा पाकिस्तान १६२ मा सिमित

  • विकेटनेपाल, असोज-३ 

एसिया कप २०१८ अन्तर्गत समुह ‘ए’ को खेलमा भारत र पाकिस्तान खेलीरहेका छन्। दुवै टोलि दोस्रो चरणमा प्रवेश गरिसकेकाले यस खेलले समुह बिजेता र उपविजेताको टुंगो लगाउनेछ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय लिएको पाकिस्तानले खराब प्रदर्शन गर्दै मात्र १६२ रन जोड्न सक्यो। भारतको अनुशाशित बलिंगको अगाडी पाकिस्तानी ब्याट्सम्यानहरु ४३.१ ओभर मात्र टिक्न सके। अब भारतले जितका लागि १६३ रनको लक्ष्य पछ्याउनेछ।

 

पाकिस्तानको इनिंगमा बाबर अजाम र शोएब मलिक बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक रहेन। टोलीका सर्वाधिक योगदान गर्ने क्रममा अजामले ६२ बलमा ६ चौका सहित ४७ रनको इनिंग खेले। यस्तै मलिकले भने ६७ बलमा १ चौका र १ छक्का सहित ४३ रन जोडे।

ओपनरद्वय फखर जमान र इमाम उल् हकलाई सस्तैमा गुमाएको पाकिस्तानको इनिंगलाई बाबर र मलिकको तेश्रो विकेटको ८२ रनको साझेदारीले सम्मानजनक अवस्थासम्म पुर्यायो। तर २१.२ ओभरमा बाबर अजाम पभेलियन फर्किएपछि पाकिस्तानले लगातार विकेट गुमाउन पुग्यो।

पाकिस्तानलाई सस्तैमा रोक्न भारतका लागि केदार जाधव र भुवनेश्वर कुमारले उत्कृस्ट बलिंग प्रदर्शन गरे। दुवैको नाममा समान ३-३ विकेट रह्यो। यस्तै जस्प्रित बुम्राहले समेत २ विकेट चट्काए। कुमारले ७ ओभरमा १५ रन तथा जाधबले ९ ओभरमा २३ रन खर्चिए।

 

 

Photos ( ICC )





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]