भारत र पाकिस्तान पुन: भिड्दै , कसले मर्ला बाजी ? (सम्पूर्ण जानकारी)

२०७५ आश्विन ७, आईतवार १३:१०

  • विकेटनेपाल-७ असोज

संयुक्त अरब एमिरेट्स (युएई) मा संचालन भैरहेको एसिया कप क्रिकेट २०१८ अन्तर्गत सुपर-४ चरणको तेस्रो खेलमा आइतवार भारत र पाकिस्तान भिड्दै छन्। यसै प्रतियोगितामा समुह चरणमा समेत यी दुई टोलिको खेल भएको थियो

प्रतियोगितामा दोस्रो भेट गर्ने क्रममा दुवै टोलीले समुह ‘ए’ बाट सुपर-४ चरणसम्मको यात्रा तय गरेका हुन्। समुह चरणको खेलमा भारतले पाकिस्तान बिरुद्ध ८ विकेटको सहज जित हात पारेको थियो। सो समुहबाट भारत समुह बिजेता र पाकिस्तान उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएका थिए।

सुपर-४ चरणमा दुवै टोलीले आफ्नो पहिलो खेलमा जित दर्ता गरिसकेका छन्। भारतले बंगलादेश बिरुद्ध ७ विकेटको ठूलो जित हात पार्दा पाकिस्तानले अत्यन्त रोमान्चक बनेको खेलमा अफगानिस्तानलाई ३ विकेटले हराएको थियो। यदि दुवै टोलीले फाइनलसम्म आफ्नो स्थान बनाएमा एसिया कप क्रिकेटमा भारत र पाकिस्तान बीच ३ खेल हुनेछ।

क्रिकेट खेलमा धेरै रोमान्चक र प्रतिस्पर्द्धात्मक मानिने भारत र पाकिस्तान बिचको खेल, आइतवार समेत उतिनै रोमान्चक बन्ने आशा गरिएको छ। यसअघि एसिया कप क्रिकेट अन्तर्गत ५० ओभर फर्म्याटमा खेलिएका १२ खेलमा भारतले आफ्नो पकड बनाएको छ। सो खेलहरु मध्ये भारतले ७ खेलमा जित हात पार्दा पाकिस्तानले ४ खेलमा जित दर्ता गरेको छ। एक खेलभने नतिजा बिहिन बनेको थियो।

पाकिस्तान र भारत बीच खेलिएका समग्र एक दिवसीय खेलमा पाकिस्तानको पल्ला भारि रहेपनि आइसीसी र एसीसीका प्रतियोगितामा भने भारतले पाकिस्तानमाथी आफ्नो दबाब बनाएको छ। समग्रमा दुई टोलि बीच खेलिएका १२९ एक दिवसीय खेलमा ७३ खेल पाकिस्तानले जितेको छ भने ५२ खेलमा भारतले जित दर्ता गरेको छ। ४ खेलभने नतिजा बिहिन वा बराबरीमा सकिएका छन्।

यता अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को ५० ओभर विश्वकपमा भने पाकिस्तानले भारतलाई हराउन सकेको छैन। दुई टोलि बीच खेलिएका ६ खेलमा ६ पटकनै भारत बिजयी भएको छ।

च्याम्पियन्स ट्रफीको नतिजामा भने केहि फरक पाउन सकिन्छ। च्याम्पियन्स ट्रफीका खेलमा ५ पटक दुई टोलिको भिडन्त हुँदा पाकिस्तान ३ पटक र भारत २ पटक बिजयी भएका छन्। पछिल्लो पटक सन् २०१७ को च्याम्पियन्स ट्रफी फाइनलमा पाकिस्तानले भारतलाई हराएको थियो।

खेल हुने स्थान : दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, युएई

समय : साँझ ५:१५ बजे

सम्भावित अन्तिम ११ :

भारत : यसअघि बंगलादेश बिरुद्ध सहज जित जात पारेकाले भारतले टोलीमा परिवर्तन गर्ने सम्भावना न्यून रहेको छ। स्क्वाडमा रहेका हार्दिक पान्ड्या, अक्षर पटेल र शार्दुल ठाकुर घाइते भएपछि भारतले दिपक चहर, रविन्द्र जडेजा र सिदार्थ कौललाई स्क्वाडको हिस्सा बनाएको छ। बंगलादेश बिरुद्ध समेत दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेल खेलेको भारतले पाकिस्तान बिरुद्ध अन्तिम ११ मा बदलाव नगर्न सक्छ।

रोहित शर्मा (कप्तान), शिखर धवन, अम्बती रायडु, महेन्द्र सिंह धोनी (विकेटकिपर), दिनेश कार्तिक, केदार जाधव, रबिन्द्र जडेजा, भुवनेश्वर कुमार, युज्भेन्द्र चहल, कुलदिप यादव, जस्प्रित बुम्राह

पाकिस्तान : अफगानिस्तान बिरुद्ध सुपर-४ चरणमा आशा अनुरुप प्रदर्शन गर्न नसकेको पाकिस्तानले अन्तिम ११ मा केहि परिवर्तन गर्ने सम्भावना रहेको छ। अन्तिम ८ एक दिवसीय खेलमा मोहम्मद आमिरले मात्र २ विकेट हात पार्दा पाकिस्तानका लागि सो बिषय टाउको दुखाई बनेको छ। सिनियर तिब्र गतिका बलर आमिरलाई पाकिस्तानले भारत बिरुद्ध स्थान दिन्छ वा दिदैन हेर्न लायक पक्ष्य रहने छ।

मोहम्मद आमिरले भारत बिरुद्ध खेलेका ५ खेलमा ५ विकेट लिएका छन् र गत बर्ष सम्पन्न च्याम्पियन्स ट्रफी फाइनलमा समेत रोहित शर्मा, बिराट कोहली र शिखर धवनको विकेट लिंदै भारतको ब्याटिंगलाई ध्वष्त पारेका थिए। यिनै कारणले समेत पाकिस्तानले उश्मान खान वा साहिन अफ्रिदीको स्थानमा आमिरलाई मौका दिन सक्छ।

यस्तै अफगानिस्तान बिरुद्ध चोटका कारण खेल गुमाएका शादाब खान समेत पूर्ण रुपमा ठिक भएमा भारत बिरुद्ध खेल्ने निश्चित छ। अघिल्लो खेल नखेलेका फहीम अश्रफलाई समेत पाकिस्तानलाई टोलीमा लिने सम्भावना  धेरै रहेको छ।

फखर जमान, इमाम उल् हक, बाबर अजाम, शोएब मलिक, सरफराज खान (कप्तान, विकेटकिपर), असिफ अलि, हरिस सोहेल/फहीम अश्रफ, मोहम्मद नवाज/शादाब खान, हसन अलि, उस्मान खान/शाहिन अफ्रिदी, मोहम्मद आमिर

भारत : रोहित शर्मा (कप्तान), शिखर धवन, लोकेश राहुल, अम्बाती रायडु, मनिष पाण्डे, केदार जाधव, महेन्द्र सिंह धोनी, दिनेश कार्तिक, कुलदिप यादव, युज्भेन्द्र चहल, भुवनेश्वर कुमार, जस्प्रित बुम्राह, खलिल अहमद, दिपक चहर, सिदार्थ कौल र रबिन्द्र जडेजा

पाकिस्तान : सरफराज अहमद (कप्तान), फखर जमान, इमाम – उल हक, बाबर अजाम, शन मसुद, शोएब मलिक, हरिस सोहेल, शदाब खान, मोहम्मद नवाज, फहीम अश्रफ, हसन अलि, जुनैद खान, उस्मान खान, शाहिन अफ्रिदी, असिफ अलि र मोहम्मद आमिर

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy