T20WC : भारत र पाकिस्तानको भेट, दुवै टिमको कमजोर र बलियो पक्ष

क्रिकेट फ्यानहरुको लामो प्रतीक्षा समाप्त भएको छ। लामो पर्खाइ पछि विश्वक्रिकेटका चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने-सामने हुँदैछन्। युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा राति ७:४५ बजे खेल सुरु हुनेछ। दुई टिम पछिल्लो पटक इंग्ल्यान्डमा २०१९ मा सम्पन्न एकदिवसीय विश्वकपमा भेट भएका थिए। राजनीतिक द्वन्दका कारण दुई देशले सन् २०१२ पछि कुनै पनि फर्म्याटमा सिरिज खेलेको छैन। आईसीसी र एसीसीको प्रतियोगितामा मात्र दुई टिम बीच भेट हुँदै आएको छ। जारि विश्वकपमा दुवै टिमको यो पहिलो खेल हो।

हेड टु हेड : आईसीसी र टि-ट्वान्टी विश्वकपको कुरा गर्दा भारत र पाकिस्तान बीच हालसम्म १२ पटक प्रतिस्पर्धा भएको छ। १२ वटै भेटमा भारतले पाकिस्तानलाई पराजित गरेको छ। २००७ टि-ट्वान्टी विश्वकप पछि भारतले सबै ५ खेल जितेको छ। सबै ५ खेल भारतले महेन्द्र सिंह धोनीको कप्तानीमा जितेको हो। धोनी यस पटक भारतीय टिमको मेन्टरको रुपमा युएईमा छन्।  यस्तै टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासको कुरा गर्दा भारत र पाकिस्तान बीच ८ पटक भएको प्रतिस्पर्धामा भारत ७ पटक र पाकिस्तान १ पटक विजयी भएको छ।

पाकिस्तानको बलियो पक्ष : बाबर आजमले नेतृत्व गरेको पाकिस्तानको फास्ट बलिंग आक्रमण बलियो छ। शाहिन अफ्रिदी, हसन अलि र हरिश रौफको फास्ट बलिंग आक्रमण भारत बिरुद्ध घातक सावित हुनसक्नेछ। अफ्रिदी नयाँ बलमा विश्वकै उत्कृस्ट मानिने गर्छन् भने डेथ ओभरमा रौफ स्पेसलिस्ट हुन्। टिमको टप अर्डरमा बाबर आजम, फखर जमान, हैदर अलि, मोहम्मद रिजवान जस्ता ब्याट्सम्यानहरु छिटो रन बनाउन सक्छन्। मोहम्मद हफिज र शोयब मलिक जस्ता अनुभवी अलराउण्डरले मध्यक्रम सम्हाल्नुको साथै विकेट समेत दिन सक्छन्।

पाकिस्तानको कमजोर पक्ष : पाकिस्तानको कमजोर पक्ष प्रदर्शनमा अनियमितता हो। टिमका स्पिनर इमाद वासिम र शदाव खानको प्रदर्शन उच्चस्तरीय रहनसकेको छैन। अर्कोतर्फ पाकिस्तानको  अर्कोतर्फ न्युजिल्यान्ड र इंग्ल्यान्डले पाकिस्तान भ्रमण रद्द गर्दा खेलाडीहरुले अभ्यासको राम्रो अवसर पाउन सकेका छैनन्। अर्कोतर्फ दबाबमा राम्रो प्रदर्शन गर्न नसक्नु टिमको कमजोर पक्ष हो।

पाकिस्तानको सम्भावित ११ : बाबर आजम ( कप्तान ) , मोहम्मद रिजवान ( विकेटकिपर ), फखर जमान, मोहम्मद हफिज, शोय्ब मलिक/हैदर अलि, आसिफ अलि, इमाद वासिम, शदाब खान, हसन अलि, हरिस रौफ शाहिन अफ्रिदी

भारतको बलियो पक्ष : युएईमा भर्खरै सम्पन्न आईपीएलमा सहभागी भएका अधिकांश खेलाडीहरु भएका कारण भारतीय खेलाडीहरु युएईको परिस्थितिमा राम्रोसंग घुलेका छन्। भारतको टप अर्डर ब्याटिंगमा रोहित शर्मा, केएल राहुल, बिराट कोहली, सुर्यकुमार यादव र रिशभ पन्त जस्ता उत्कृस्ट ब्याट्सम्यानहरु छन्। हार्दिक पान्ड्या छैठौं नम्बरमा उपस्थित हुँदा ब्याटिंगक्रम झनै बलियो हुनेछ। पान्ड्याले दुई ओभर बलिंग पनि गर्न सक्नेछन् र छैठौं बलरको कमि समेत पुरा गर्न सक्छन्। अर्कोतर्फ बलिंगमा जस्प्रित बुम्राह, मोहम्मद शामी, भुवनेश्वर कुमार, रभीन्द्र जडेजा, वरुण चक्रवर्ती, रभीचन्द्रन आश्विन र राहुल चाहरको उपस्थिति हेर्दा भारतीय टिम सन्तुलित देखिन्छ।

भारतको कमजोर पक्ष : भारतीय कप्तान बिराट कोहली राम्रो लयमा छैनन्। उनले इंग्ल्यान्ड बिरुद्ध अभ्यास खेलमा १३ बलमा ११ रन मात्र बनाउन सकेका थिए। पछिल्लो ५ पारिमा कोहलीले मात्र ८४ रन बनाएका छन् जुन दौरान उनको उत्कृस्ट स्कोर ३९ हो। कोहली २०१९ पछि तिनवटै फर्म्याटमा शतक लगाउन असफल रहँदैआएका छन्।

भारतको सम्भावित ११ : रोहित शर्मा, केएल राहुल, बिराट कोहली ( कप्तान ) , सूर्यकुमार यादव, रिशभ पन्त ( विकेटकिपर ) , हार्दिक पान्ड्या, रभीन्द्र जडेजा, रभीचन्द्रन आश्विन/राहुल चाहर, भुवनेश्वर कुमार/शार्दुल ठाकुर, मोहम्मद शामी, जस्प्रित बुम्राह

खेल अघि कसले के भने 

बाबर आजम : “इमान्दार भएर भन्छु हामि बिगततर्फ फर्कन चाहदैनौ। हामि यो विश्वकपलाई मात्र हेर्दैछौँ। हामि हाम्रो मजबुत पक्षमा ध्यान दिएर त्यसलाई खेलमा लागु गर्ने प्रयास गर्नेछौँ।कुराहरुलाई सामान्य राख्नु र प्रक्रियामा विश्वास गर्नु महत्वपूर्ण छ। हामि राम्रो क्रिकेट खेल्ने प्रयास गर्नेछौँ र राम्रो नतिजा ल्याउने पनि।”

बिराट कोहली : “मेरो हिसाबले पाकिस्तान निकै बलियो टिम हो र सधैं बलियो रहँदै आएको छ। तपाईले उनीहरुसंग उत्कृस्ट क्रिकेट खेल्नुपर्छ किनकि उनीहरुसंग खेल परिवर्तन गर्न सक्ने खेलाडीहरु छन्। रेकर्ड र बिगतको प्रदर्शन बारे हामीले कहिले चर्चा गरेका छैनौँ। यस्तो कुराहरुले ध्यान भंग गर्छ। महत्वपूर्ण कुरा हामीले कस्तो तयारी गरेका छौँ र खेलको दिन प्रतिद्वन्द्वी बिरुद्ध प्रदर्शन कस्तो हुन्छ भन्ने हो।”

रोचक तथ्यहरु : 

-बिराट कोहली टि-२० विश्वकपमा पाकिस्तानसंग हालसम्म आउट भएका छैनन्। तिन पटक कोहलीले पाकिस्तान बिरुद्ध खेल्दा क्रमशः ७८, ३६ र ५५ रन बनाएका छन्।

– मोहम्मद रिजवान ( १,४६२ रन ) र बाबर आजम ( १,३६३ ) सन् २०२१ मा टि-ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक रनकर्ता हुन्।

– जुलाई २०१९ देखि टि-ट्वान्टी अन्तर्राष्ट्रियमा पाकिस्तानको छक्का हान्ने औशत विश्वकपमा स्वतः छनोट भएका ८ टिममध्ये सबैभन्दा कमजोर रहेको छ। एउटा छक्का प्रहार गर्न पाकिस्तानले २४.९ बल लगाउने गरेको छ।

– २०१८ देखि टि-ट्वान्टी अन्तर्राष्ट्रियमा भारतले पैले ब्याटिंग गर्दै १६० भन्दा कम योगफल बनाउदा सबै ८ खेलमा पराजित भएको छ। तर १६१ देखि १८० सम्मको योगफल बनाउदा भारतले ११ खेल मध्ये २ खेलमा मात्र हार बेहोरेको छ।





थप समाचार

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]