भारतको जितमा रोहितको उत्कृस्ट शतक, गांगुलीलाई समेत उछिने

दक्षिण अफ्रीकालाई पराजित गर्दै भारतले इग्ल्यांडमा जारी एकदिवसीय विश्वकपमा विजयी सुरुवात गरेको छ। दक्षिण अफ्रीकाले भने लगातार तेश्रो हार बेहोरेको छ। यस अघि उसले इंग्ल्याण्ड र बंगलादेशसंग पराजित भएको थियो।

रोज बल साउथाम्प्टनमा सम्पन्न खेलमा दक्षिण अफ्रीकाले दिएको २२८ रनको लक्ष्य भारतले ४ विकेट गुमाएर ४७.३ ओभरमा पुरा गरेको हो।

लक्ष्य पछ्याउने क्रममा ओपनर शिखर धवन ८ तथा कप्तान बिराट कोहली १८ रन बनाएर आउट हुँदा तेश्रो विकेटको लागि रोहित शर्मा र लोकेश राहुलले तेश्रो विकेटको लागि ८५ रनको साझेदारी गरे।

राहुल २६ रन बनाएर आउट भए जसपछि रोहितले महेन्द्र सिंह धोनीसंग ७४ रनको साझेदारी गर्दै टिमलाई जित नजिक पुर्याए। धोनी ३४ रन बनाएर आउट भए।

त्यसपछि रोहित र हार्दिक पान्ड्याले अविजित रहँदै भारतलाई जितसम्म पुर्याए। रोहितले १२२ रन बनाए जुन क्रममा १४४ बलमा १३ चौका र २ छक्का प्रहार गरे।  पान्ड्याले १५ रन बनाए।

दक्षिण अफ्रीकाको लागि कागीसो रबाडाले २ विकेट ( १०-१-३९-२ ) तथा क्रिस मोरिस र एन्डीले फेलुक्वायोले १/१ विकेट लिए ।

रोहितले उछिने गांगुलीलाई 

रोहितको एकदिवसीय करियरको यो २३ औं शतक हो। यस क्रममा रोहित भारतको लागि धेरै एकदिवसीय शतक बनाउने ब्याट्सम्यानको सुचीमा तेश्रो स्थानमा उक्लेका छन्। भारतीय पुर्व कप्तान सौरभ गांगुलीले २२ शतक बनाएका थिए जसलाई रोहितले उछिनेका हुन्। भारतको लागि सचिन तेन्दुलकरले सर्वाधिक ४९ तथा बिराट कोहलीले ४१ एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाएका छन्।

Rohit Sharma  (Photo by Alex Davidson/Getty Images)

यस्तै रोहित लक्ष्य पछ्याउने क्रममा धेरै शतक बनाउने सुचीमा समेत चौथो स्थानमा उक्लेका छन्। ११ वटा शतक लक्ष्य पछ्याउने क्रममा बनाउदै रोहितले तिलकरत्ने दिलशानको बराबरी गरेका छन्। यो सुचीमा बिराट कोहली २५ शतक सहित पहिलो, सचिन तेन्दुलकर १७ शतक सहित दोश्रो र क्रिस गेल १२ शतक सहित तेश्रो स्थानमा रहेका छन्।

एकदिवसीय अन्तर्राष्ट्रियमा धेरै शतक बनाउने भारतीय – ४९ शतक – सचिन तेन्दुलकर , ४१ शतक बिराट कोहली, २३ शतक रोहित शर्मा, २२ शतक – सौरभ गांगुली, १६ शतक – शिखर धवन, १५ शतक – बिरेन्द्र सेहवाग, १४ शतक – युबराज सिंह, १२ शतक – राहुल द्रविड, ११ शतक – गौतम गम्भीर , ९ शतक – महेन्द्र सिंह धोनी

चाहलको उत्कृस्ट बलिंग 

टस जितेर ब्याटिंग गरेको दक्षिण अफ्रीका ले पुरै ५० ओभर ब्याटिंग गरे पनि ९ विकेट गुमाएर २२७ रन मात्रै बनाउन सकेको थियो।

दक्षिण अफ्रिकी ब्याट्सम्यानलाई बाँधेर राख्न भारतीय लेग स्पिनर युझ्भेन्द्र चाहलले ४ विकेट लिए। १० ओभरमा ५१ रन खर्चेका चाहलले  फाफ डु प्लेसिस, भान डर डुसेन, डेभिड मिलर र एन्डीले फेलुक्वायोको महत्वपूर्ण विकेट लिएका थिए। जस्प्रित बुम्राह ( १०-१–२ ) र भुवनेश्वर कुमार ( १०-०-४४-२ ) ले २/२ विकेट तथा कुलदिप यादवले ( १०-०-४६-१ ) १ विकेट लिए।

सुरुवात देखि लगातार विकेट गुमाएको दक्षिण अफ्रीकाको लागि नवौं नम्बरका ब्याट्सम्यान क्रिस मोरिसले सर्वाधिक ४२ रन ( २४ बलमा २ छक्का र १ चौका ) बनाए। यस्तै कप्तान फाफ डु प्लेसिसले ३८, एन्डीले फेलुक्वायोले ३४ तथा कागीसो रबाडाले अविजित ३१ रन बनाए।

एक समय १५८/७ रहेको टिमको योगफललाई आठौँ विकेटको लागि मोरिस र रबाडाले ६६ रनको साझेदारी गर्दै २०० पार गराएका थिए। स्कोरकार्ड 

प्रतियोगिता अन्तर्गत भारतले आगामी खेल अस्ट्रेलियासंग जुन ९ तारिकमा खेल्नेछ भने दक्षिण अफ्रीकाले वेस्ट इन्डिजसंग जुन १० मा खेल्नेछ।

 





थप समाचार

बागमतीविरुद्ध मधेश ४ विकेटले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग बागमती प्रदेश ४ विकेटले पराजित […]

आर्मीले पुलिसलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई […]

कोलकाताको पहिलो जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ। बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल […]

पञ्जाबकाे सुखद् सुरुआत

काठमाडौं। पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले […]

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]