श्रीलंकाद्वारा भारत २२५ रनमै सिमित

भारतको श्रीलंका भ्रमण अन्तर्गत तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत तेश्रो खेल जारि रहेको छ।

आर प्रेमदासा स्टेडियम कोलोम्बोमा टस जितेर ब्याटिंग गरेको भारतले ४३.१ ओभरमा २२५ रन बनायो। वर्षाले प्रभावित हुँदा खेल ४७ ओभरमा झारिएको छ त्यसैले श्रीलंकाले अब ४७ ओभरमा २२७ रनको लक्ष्य पछ्याउनु पर्नेछ।

भारतको लागि पृथ्वी शले सर्वाधिक ४९ रन, संजु स्यामसनले ४६ रन तथा सुर्यकुमार यादवले ४० रन बनाए। हार्दिक पान्ड्याले १९, नभदिप सैनीले १५ रन तथा कप्तान शिखर धवन र राहुल चाहरले समान १३ रन बनाए।

तेश्रो ओभरमा धवन आउट भएपछि पृथ्वी श र संजु स्यामसन बीच दोश्रो विकेटको लागि ७४ रनको साझेदारी भयो। १६ औं ओभरमा पृथ्वीलाई दासुन शनाकाले एलबिडब्लु गरे भने १९ औं ओभरमा स्यामसनलाई प्रभिन जयविक्रमाले क्याच आउट गराए। सुर्यकुमार यादवले त्यसपछि मनिष पाण्डेसंग ३९ रनको साझेदारी गरे। २५ औं ओभरमा पाण्डेलाई जयविक्रमाले क्याच आउट गराए। हार्दिकलाई जयविक्रमलेनै २९ औं ओभरमा एलबिडब्लु गरे। सुर्यकुमार यादव पनि ३१ औं ओभरमा धनन्जय डी सिल्भाबाट एलबिडब्लु भए। ३३ औं ओभरमा नितिश राना र क्रिश्नप्पा गोथमलाई धनन्जय डी सिल्भाले पेभेलियन फर्काए।


नवौं विकेटको लागि राहुल चाहर र नभदिप सैनी बीच २९ रनको साझेदारी भयो। ४३ औं ओभरमा चाहरलाई चमिका करुनारत्नेले कट एण्ड बोल्ड गर्दै साझेदारी तोडे भने सैनीलाई लगत्तै ओभरमा दुश्मन्था चमिराले क्याच आउट गराए।

श्रीलंकाको बलिंगमा अकिला धनन्जय ( १०-०-४४-३ ) र प्रभिन जयविक्रमा ( १०-०-५९-३ ) ले समान ३ विकेट लिए। दुश्मन्था चमिराले २ ( ८.१-०-५५-२ ) तथा चमिका करुनारत्ने र दासुन शनाकाले समान १ विकेट लिए।

खेलमा भारतको लागि ५ जना खेलाडीहरु चेतन सकरिया, क्रिश्नप्पा गोथम, नितिश राना, राहुल चाहर र संजु स्यामसनले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका छन्।


पहिलो र दोश्रो खेल भारतले क्रमशः ७ विकेट र ३ विकेटले जित्दै भारतले सिरिज २-० ले जितीसकेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy