हसरंगाले घातक बलिंग गर्दा भारतको लज्जास्पद ब्याटिंग प्रदर्शन

भारतको श्रीलंका भ्रमण अन्तर्गत तेश्रो तथा निर्णायक टि-२० जित्दै सिरिज जित्न भारतले श्रीलंकालाई ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आर प्रेमदाशा स्टेडियममा टस जितेर ब्याटिंग गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो।

ओपनर शिखर धवन खाता नखोली पहिलो ओभरमा दुश्मन्था चमिराबाट क्याच आउट भए पछि दोश्रो विकेटको लागि अर्का ओपनर रुतुराज गायकवाडले देभदत्त पडीक्कलसंग १८ रनको साझेदारी गरे। ९ रन बनाएका पडीक्कललाई तेश्रो ओभरको अन्तिम बलमा रमेश मेन्डिसले एलबिडब्लु गरे। लगत्तै ओभरमा खाता नखोल्दै संजु स्यामसन र १४ रन बनएका रुतुराज गायकवाडलाई वानिन्दु हसरंगाले एलबिडब्लु धरापमा पारे। २५ रनको योगफलमा भारतले ४ विकेट गुमाउन पुग्यो। नितिश राना पनि ६ रन मात्र बनाएर दाशुन शनाकाबाट कट एण्ड बोल्ड भए।

छैठौं विकेटको लागि भुवनेश्वर कुमारले कुलदिप यादवसंग १९ रन जोडे। ३२ बलमा १६ रन बनाएका भुवनेश्वरलाई हसरंगाले क्याच आउट गराए। त्यसपछि पनि भारतको विकेट जाने क्रम रोकिएन राहुल चाहर ५ तथा वरुन चक्रवर्ती खाता नखोली आउट भए।

कुलदिप यादवले एक किनार सम्हाल्दै ब्याटिंग गरे र चेतन सकरियासंग नवौं विकेटको लागि १८ रनको साझेदारी गरे। यादवले २८ बलमा अविजित २३ रन बनाए भने सकरियाले अविजित ५ रन बनाए।

श्रीलंकाको बलिंगमा लेग स्पिनर वानिन्दु हसरंगाले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र ९ रन खर्चिए। कप्तान दासुन शनाकाले २ ( ४-०-२०-२ ) तथा रमेश मेन्डिस ( २-०-१३-१ ) र दुश्मन्था चमिरा (४-०-१६-१ ) ले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेल भारतले ३८ रनले जितेको थियो भने दोस्रो खेल श्रीलंकाले ४ विकेटले जितेको थियो।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]