भारतद्वारा श्रीलंकालाई सामान्य लक्ष्य

२०७८ श्रावण १३, बुधबार २१:४५

भारतको श्रीलंका भ्रमण अन्तर्गत तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोश्रो खेल जित्न भारतले श्रीलंकालाई १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आर. प्रेमदाशा स्टेडियममा टस हारेर ब्याटिंग गरेको भारतले २० ओभरमा ५ विकेट क्षेतीमा १३२ रन बनाएको हो।

भारतको सुरुवात राम्रो रह्यो। रुतुराज गायकवाड र शिखर धवनले ४९ रनको साझेदारी गरे। डेब्यु गरेका गायकवाड २१ रन बनाएर सातौँ ओभरमा दाशुन शनाकाबाट क्याच आउट भए। दोश्रो विकेटको लागि धवनले देभदत्त पडीक्कलसंग ३२ रन जोडे। १३ औं ओभरमा धवनलाई अकिला धनन्जयले बोल्ड गरे जसले ४२ बलमा ५ चौका मद्दतले ४० रन बनाए। २९ रन बनाएर १६ औं ओभरमा पडीक्कललाई वानिन्दु हसंरागाले बोल्ड गरे। लगत्तै ओभरमा ७ रन बनाएर संजु स्यामसनलै धनन्जयले बोल्ड गरे।

पाँचौ विकेटको लागि नितिश राना र भुवनेश्वर कुमारले २६ रनको साझेदारी गरे। १२ बलमा ९ रन बनाएका राना अन्तिम ओभरमा दुश्मन्था चमिराबाट क्याच आउट भए। भुवनेश्वरले अविजित १३ रन तथा नभदिप सैनीले १ रन बनाए।

अन्तिम ५ ओभरमा भारतले ३ विकेट गुमाएर ४० रन बनाउन सक्यो।

श्रीलंकाको बलिंगमा अकिला धनन्जयले २ ( ४-०-२९-२ ) तथा वानिन्दु हसरंगा ( ४-०-३०-१ ) र दासुन शनाका ( २-०-१४-१ ) र दुश्मन्था चमिरा ( ४-०-२३-१ ) ले समान १ विकेट लिए।

खेलमा भारतका चार जना तथा श्रीलंकाका एक जनाले टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरिरहेका छन्। भारतको लागि चेतन सकरिया, देभदत्त पडीक्कल, नितिश राना र रुतुराज गायकवाड तथा श्रीलंकाको लागि रमेश मेन्डिसले डेब्यु गरिरहेका छन्।


सिरिज अन्तर्गत पहिलो खेलमा भारत ३८ रनले विजयी भएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy