धवनको कप्तानी पारि, श्रीलंका बिरुद्ध भारतको सहज जित

२०७८ श्रावण ३, आईतवार २२:२८

श्रीलंका भ्रमण अन्तर्गत रहेको भारतीय क्रिकेट टिमले तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोलि बिरुद्ध ७ विकेटको सहज जितदर्ता गर्दै १-० को अग्रता हाँसिल गरेको छ।

कोलोम्बोको आर प्रेमदाशा स्टेडियममा सम्पन्न खेलमा श्रीलंकाले दिएको २६३ रनको लक्ष्य भारतले मात्र ३ विकेट गुमाएर ३६.४ ओभरमै भेटायो।

भारतको जितमा कप्तान शिखर धवनले अविजित ८६ रन बनाए जुन क्रममा ९५ बलमा ६ चौका र १ छक्का प्रहार गरे। धवनले यस क्रममा एकदिवसीय अन्तर्राष्ट्रियमा व्यक्तिगत ६ हजार रन समेत पुरा गरे। उनि एकदिवसीय अन्तर्राष्ट्रियमा ६ हजार रन पुरा गर्ने मात्र दशौँ भारतीय क्रिकेटर हुन्।

यस्तै डेब्यु गरेका इशान किशनले ४२ बलमा ८ चौका र २ छक्का मद्दतले ५९ रन तथा पृथ्वी शले २४ बलमा ९ चौका मद्दतले ४३ रन बनाए। सूर्यकुमार यादवले अविजित ३१ तथा मनिष पाण्डेले २६ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा शिखर धवन र पृथ्वी शले मात्र ५.३ ओभरमा ५८ रनको साझेदारी गरे। छैठौं ओभरमा शलाई धनन्जय डी सिल्भाले क्याच आउट गरए। दोश्रो विकेटको लागि धवनले इशान किशनसंग ८५ रनको साझेदारी गरे। अर्धशतक पुरा गरेपछि किशनलाई लक्षण सन्दकनले क्याच आउट गराए।


तेश्रो विकेटको लागि धवनले मनिष पाण्डेसंग ७२ रनको साझेदारी गरे। पाण्डेलाई धनन्जय डी सिल्भाले ३१ औं ओभरमा क्याच आउट गराए।  त्यसपछि धवनले सुर्यकुमार यादवसंग ४८ रनको साझेदारी गर्दै जितसम्म डोर्याए।

श्रीलंकाको बलिंगमाधनन्जय डी सिल्भाले २ तथा लक्षण सन्दकनले १ विकेट लिए।

श्रीलंकाको ब्याटिंग 

यस अघि टस जितेर ब्याटिंग रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट क्षेतीमा २६२ रन बनाएको थियो।

श्रीलंकाको ब्याटिंगमा चमिका करुनारत्नेले करियरकै व्यक्तिगत सर्वाधिक रन बनाउने क्रममा सर्वाधिक ४३ रन बनाए। अविजित रहेका उनले ३५ बलमा १ चौका र २ छक्का प्रहार गरे। यस्तै कप्तान दासुन शनाकाले ३९ रन, छरित असलंकाले ३८ रन, अभिस्का फर्नान्डोले ३२ रन, मिनोद भानुकाले २७ रन, भानुका राजपक्षले २४ रन योगदान दिए।

अभिस्का फर्नान्डो र मिनोद भानुकाले ४९ रनको ओपनिंग साझेदारी गरेका थिए। १० औं ओभरमा युजभेन्द्र चाहलले फर्नान्डोलाई क्याच आउट गराए। दोश्रो विकेटको लागि भानुकाले राजपक्षसंग ३६ रनको साझेदारी गरे। १७ औं ओभरमा राजपक्ष र भानुकालाई कुलदिप यादवले क्याच आउट गराउदै भारतलाई खेलमा हावी गराए। क्रुनाल पान्ड्याले २५ औं ओभरमा धनन्जय डी सिल्भालाई पेभेलियन फर्काए।

पाँचौ विकेटको लागि चरिथ असलंका र कप्तान दासुन शनाकाले ४९ रनको साझेदारी गरे। असलंकालाई ३८ औं ओभरमा दिपक चाहरले क्याच आउट गराए। त्यसपछि शनाकाले एक किनार सम्हालेता पनि श्रीलंकाले नियमित विकेट गुमाउन पुग्यो। ४४ औ ओभरमा शानकालाई लेग स्पिनर चाहलले क्याच आउट गराए।

नवौं विकेटको लागि चमिका करुनारत्ने र दुश्मन्था चमिराले मात्र १९ बलमा ४० रनको साझेदारी गर्दै श्रीलंकालाई राम्रो योगफलतर्फ डोर्याए। इनिंग्सको अन्तिम ५ ओभरमा श्रीलंकाले २ विकेट गुमाउदा ५२ रन योगफलमा जोड्न सक्यो। त्यसक्रममा भुवनेश्वर कुमारले गरेको इनिंग्सको अन्तिम ओभरमा करुनारत्नेले २ छक्का र १ चौका प्रहार गरे।

भारतको बलिंगमा दिपक चाहर ( ७-१-३७-२ ) , युजभेन्द्र चाहल ( १०-०-५२-२ ) र कुलदिप यादव ( ९-१-४८-२ ) ले समान २ विकेट लिए .क्रुनाल पान्ड्या ( १०-१-२६-१ ) र हार्दिक पान्ड्याले ( ५-०-३३-१ ) ले समान १ विकेट लिए।

खेलमा भारतका दुई खेलाडी इशान किशन र सूर्यकुमार यादवले तथा श्रीलंकाका भानुका राजापक्षले डेब्यु गरेका थिए।

सिरिज अन्तर्गत दोश्रो खेल जुलाई २० तारिखमा तथा तेश्रो खेल जुलाई २३ तारिखमा खेलिनेछ। त्यसपछि जुलाई २५, २७ र २९ तारिखमा तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेलिनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy