संकटमा चाहर नायक बन्दा भारतको सिरिज जित

दिपक चाहरले संकटमा उत्कृस्ट ब्याटिंग गर्दा रोमान्चक खेलमा घरेलु टोलि श्रीलंकालाई ३ विकेटले विकेट पराजित गर्दै भारतले तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज एक खेल बाँकी रहंदा २-० ले आफ्नो पक्षमा पारेको छ। पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो।

कोलोम्बोको आर प्रेमदाशा स्टेडियममा श्रीलंकाले दिएको २७६ रनको लक्ष्य भारतले ५ बल बाँकी रहँदै ७ विकेट गुमाएर पुरा गर्यो।

भारतको ब्याटिंगमा दिपक चाहरले करियरकै सर्वाधिक व्यक्तिगत स्कोर तथा पहिलो अर्धशतक बनाउने क्रममा दिपक चाहरले अविजित ६९ रन बनाए जुन क्रममा ८२ बलमा ७ चौका र १ छक्का प्रहार गरे। यस्तै सुर्यकुमार यादवले पनि करियरकै पहिलो अर्धशतक बनाउने क्रममा ५३ रन बनाए जुन क्रममा ४४ बलमा ६ चौका प्रहार गरे। मनिष पाण्डेले ३७ रन, क्रुनाल पान्ड्याले ३५ रन, शिखर धवनले २९ रन तथा भुवनेश्वर कुमारले अविजित १९ रन योगदान दिए।

लक्ष्य पछ्याउने क्रममा भारतले नियमित अन्तरलमा विकेट गुमाउन पुग्यो। तेश्रो ओभरमा पृथ्वी शलाई वानिन्दु हसरंगाले बोल्ड गरे भने पाँचौ ओबह्रमा इशान किशनलाई कासुन राजिथाले बोल्ड गरे। कप्तान शिखर धवन १२ औं ओभरमा हसंरागाको दोश्रो शिकार बन्दै एलबिडब्लु धरापमा परे।

मनिष पाण्डे र सुर्यकुमार यादवले चौथो विकेटको लागि ५० रन जोडे। १८ औं ओभरमा पाण्डे रन आउट भए भने सोहि ओभरमा हार्दिक पान्ड्या खाता नखोली शनाकाबाट क्याच आउट भए। त्यसपछि सुर्यकुमारले क्रुनाल पान्ड्यासंग ४४ रनको साझेदारी गरे। २७ औं ओभरमा यादवलाई लक्षण संदकनले एलबिडब्लु आउट गरे। ३६ औं ओभरमा क्रुनाललाई हसरंगाले बोल्ड गर्दै तेश्रो शिकार बनाए।

१९३/७ को अवस्थाबाट दिपक चाहरले भुवनेश्वर कुमारसंग अर्धशतकीय साझेदारी गर्दै भारतलाई जितको दिशा दिए। चाहरले एकदिवसीय अन्तर्राष्ट्रिय करियरकै पहिलो अर्धशतक पुरा गर्दै एक किनार सम्हालीरहे जसलाई भुवनेश्वरले राम्रो साथ दिए।

जितको लागि अन्तिम ५ ओभरमा ३५ रन आवस्यक हुँदा दुश्मन्था चमिराले ४६ औं र ४८ औं ओभरमा क्रमशः २ र १ रन मात्र खर्चेर भारतलाई दबाबमा राखेका थिए। तर ४९ औं ओभरमा दुश्मन्था चमिराको ओभरमा भुवनेश्वर र चाहरले १/१ चौका प्रहार गर्दै जितको दुरी कम गरेका थिए। अन्तिम ओभरमा ३ रन आवस्यक रहंदा चाहरले पहिलो बलमै चौका प्रहार गर्दै टिमलाई जित दिलाए।

आठौँ विकेटको लागि चाहर र भुवनेश्वरले अविजित ८४ रनको साझेदारी गरे। एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासमै लक्ष्य पछ्याउने क्रममा जित हाँसिल गर्दा आठौँ विकेटको लागि यो तेश्रो सर्वाधिक अविजित साझेदारी हो। यस अघि भुवनेश्वर कुमार र महेन्द्र सिंह धोनीले २०१७ मा श्रीलंका बिरुद्ध अविजित १०० रनको साझेदारी गरेका थिए जुन सर्वाधिक हो भने २००७ मा रभी बोपरा र स्टुवार्ट ब्रोडले भारत बिरुद्ध दोश्रो सर्वाधिक अविजित ९९ रनको साझेदारी गरेका थिए।


श्रीलंकाको बलिंगमा लेग स्पिनर वानिन्दु हसरंगाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा ३७ रन मात्र खर्चिए। कासुन रजिथा, लक्षण संदकन र दासुन शनाकाले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको घरेलु टोलिले निर्धारित ५० ओभरमा ९ विकेट क्षेतीमा २७५ रन बनाएको थियो।

श्रीलंकाको ब्याटिंगमा देब्रे हाते ब्याट्सम्यान चरिथ असलंकाले करियरकै पहिलो अर्धशतक तथा उत्कृस्ट व्यक्तिगत स्कोर बनाउने क्रममा ६५ रन योगदान दिए जुन क्रममा उनले ६८ बलमा ६ चौका प्रहार गरे। यस्तै अभिस्का फर्नान्डोले ५० रन बनाए जुन क्रममा ७१ बलमा ४ चौका र १ छक्का प्रहार गरे। चमिका करुनारत्नेले अविजित ४४ रन बनाए भने धनन्जय डी सिल्भाले ३२ तथा दाशुन शनाकाले १६ रन योगदान दिए।

ओपनरद्वय अभिस्का फर्नान्डो र मिनोद भानुकाले ७७ रनको ओपनिंग साझेदारी गरेका थिए। १४ औं ओभरमा लगातार बलमा युजभेन्द्र चहलले भानुका र भानुका राजपक्षको विकेट लिंदै भारतलाई खेलमा फर्काए। तेश्रो विकेटको लागि फर्नान्डोले धनाज्य डी सिल्भासंग ४७ रन जोडे। २४ औं ओभरमा फर्नान्डोलाई भुवनेश्वर कुमारले क्याच आउट गरत्ये। २८ औं ओभरमा दिपक चाहरले धनन्जय डी सिल्भालाई पेभेलियन फर्काए। त्यसपछि असलंकाले कप्तान शनाकासंग ३८ रन जोडे। ३६ औं ओभरमा शनाकालाई चाहलले बोल्ड गरे।

र्को किनारमा विकेट गुमेता पनि चरिथ असलंकाले एक किनार सम्हाल्दै टिमको योगफल २५० नजिक पुर्याए। ४८ औं ओभरमा असलंकालाई भुवनेश्वर कुमारले क्याच आउट गराए। आठौँ नम्बरमा ब्याटिंग गरेका चमिका करुनारत्नेले त्यसपछि एक किनार सम्हाल्दै अन्तिमसम्म ब्याटिंग गरे।

भारतको बलिंगमा लेग स्पिनर युजभेन्द्र चाहल ( १०-१-५०-३ ) र भुवनेश्वर कुमारले ( १०-०-५४-३ ) समान ३ विकेट लिए। दिपक चाहरले २ विकेट ( ८-०-५३-२ ) लिए। कुलदिप यादव, क्रुनाल पान्ड्या र हार्दिक पान्ड्या विकेटविहिन रहे।

सिरिज अन्तर्गत तेश्रो खेल जुलाई २३ तारिखमा खेलिनेछ।





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]