अमेरिकालाई हराउँदै भारत सुपर आठमा

२०८१ जेष्ठ ३१, बिहीबार ०६:३५

काठमाडौं । अमेरिकालाई हराउँदै भारत अमेरिका तथा वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टी-२० विश्वकपमा समूह ए बाट सुपर आठमा स्थान बनाउँने पहिलो टोली बनेको छ ।

अमेरिकाको न्युयोर्कमा बुधबार राती भएको खेलमा भारत ७ विकेटले विजयी भएको हो ।

भारतको जितमा सुर्यकुमार यादवले ४९ बलमा २ चौका र २ छक्काको सहयोगमा अविजित ५० रनको अर्धशतकीय ईनिङ खेले । शिभम दुवेले ३५ बलमा अविजित ३१ रन बनाए । चौथो विकेटका लागि दुवे र यादवले ६५ बलमा अविजित ६७ रनको विजयी साझेदारी गरे ।

अमेरिकाका लागि सौरभ नेत्राभाल्करले दुई तथा अलि खानले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।

अमेरिकाका लागि नितिश कुमारले २३ बलमा २७ तथा ओपनर स्टेभन टेलरले ३० बलमा २४ रन बनाए । कोरी एन्डरसनले १२ बलमा १५ तथा कप्तान आरोन जोन्सले २२ बलमा ११ रन बनाए ।

भारतका लागि अर्शदिप सिंहले ४ ओभरमा ९ रन खर्चिएर ४ विकेट लिए । हार्दिक पान्ड्याले दुई तथा अक्षर पटेलले एक विकेट लिए ।

तीन खेलमा अपराजित रहँदै भारतले सुपर आठमा स्थान बनाएको छ । समूह ए बाट सुपर आठमा स्थान बनाउँने अर्को टोलीको भने टुंगो लागेको छैन ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy