डेब्युमा सैनीको उत्कृस्ट बलिंग, वेस्टइन्डिज ९५ रनमै सिमित

भारतको वेस्ट इन्डिज टुर अन्तर्गत टि-२० सिरिज शनिवार सुरु भएको छ।

३ वटा टि-२० को सिरिज अन्तर्गत पहिलो टि-२० मा टस जितेर भारतले बलिंग रोजेपछि ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाउदै भारतलाई ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टि-२० अन्तर्राष्ट्रियमा यो वेस्टइन्डिजको पाँचौ कम योगफल हो। सबैभन्दा कम ४५ रनमा यसै वर्ष इंग्ल्याण्डसंग वेस्टइन्डिज समेटिएको थियो।

Lowest totals for WI in T20Is:
45 v Eng Basseterre 2019
60 v Pak Karachi 2018
71 v Eng Basseterre 2019
78/7 v Zim Port of Spain 2010
95/9 v Ind Lauderhill 2019

वेस्टइन्डिजको सुरुवात अत्यन्त नाजुक रहेको थियो जुन क्रममा पहिलो ५ विकेट ३३ रनको योगफलमै गुमाउन पुगेको थियो। ओपनर जोन क्याम्पवेल र इभिन लुइस खाता नखोली आउट हुन पुगे। क्याम्पवेललाई वासिंगटन सुन्दरले क्याच आउट तथा लुइसलाई भुवनेश्वर कुमारले बोल्ड गरे। भारतको लागि डेब्यु गरिरहेका नभदिप सैनीले २० रन बनाएका निकोलस पुरण तथा खाता नखोल्दै शिमरोन हेटमेयरको विकेट लिए भने ४ रन बनाएका रोभम्यान पावललाई खलिल किपरबाट एह्मदले क्याच आउट गराए।

 

छैठौं विकेटको लागि काइरन पोलार्ड र कार्लोस ब्राथवेटले ३४ रनको साझेदारी गरे। १५ औं ओभरमा ९ र बनाएका ब्राथवेटलाई कृनल पान्ड्याले आउट गरे। लगत्तै ओभरमा सुनिल नारायण पनि २ रन बनाएर रभिंद्र जडेजको शिकार भए।

त्यसपछि अर्को किनारमा विकेट गुमीरहे पनि पोलार्डले एक किनार सम्हालीरहे।  अन्तिम ओभरमा सैनीबाट एलबिडब्लु आउट हुनु अघि उनले ४९ बलमा ४ चौका र २ छक्का मदतले ४९ रन बनाए।

नभदिप सैनीले अन्तिम ओभरमा पोलार्डको विकेट संगै मेडन ओभर गरे।

भारतको बलिंगमा नभदिप सैनीले सर्वाधिक ३ विकेट ( ४-१-१७-३ ) लिए भने  भुवनेश्वर कुमारले २ ( ४-०-१९-२ ) यस्तै वाशिंगटन सुन्दर ( २-०-१८-१ ) , खलिल एहमद ( २-०-८-१ ), क्रुनाल पान्ड्या ( ४-१-२०-१ ) र रभिन्द्र जडेजा ( ४-१-१३-१ ) ले १/१ विकेट लिए।

सिरिज अन्तर्गत दोश्रो टि-२० आइतबार तथा तेश्रो टि-२० मंगलबार खेलिनेछ। टि-२० पछि ३ वटा एकदिवसीय सिरिज अगस्ट ८ देखि सुरु हुनेछ। अगस्ट २२ देखि २ वटा टेस्ट सिरिज सुरु हुनेछ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]