पहिलो टि-२० मा भारतको जित , सैनी उत्कृस्ट

वेस्ट इन्डिज टुर अन्तर्गत पहिलो टि-२० मा भारतले घरेलु टिमलाई ४ विकेटले पराजित गरेको छ। जितसंगै ३ वटा टि-२० को सिरिज अन्तर्गत भारतले १-० को अग्रता लिएको छ। दोश्रो टि-२० आइतबार खेलिनेछ।

खेलमा पहिले ब्याटिंग गर्दै वेस्टइन्डिजले दिएको ९६ रनको लक्ष्य भारतले १७.२ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।

९६ रनको लक्ष्य पछ्याउने क्रममा भारतको सुरुवात पनि राम्रो हुन सकेन। ओपनर रोहित शर्मा २४, शिखर धवन १ तथा रिशाभ पन्त खाता नखोली आउट हुँदा भारत ३२/३ को अवस्थामा पुग्यो।

त्यसपछि कप्तान बिराट कोहली र मनिष पाण्डेले चौथो विकेटको लागि ३२ रनको साझेदारी गरे। पाण्डे र कोहली दुवै समान १९ रन बनाएर आउट हुँदा १४ औं ओभरमा भारत ६९/५ को अवस्थामा पुगेको थियो। सुनिल नारायणले रोहित र रिशभको तथा शेल्डन कटरेलले धवन र कोहलीको विकेट लिए।

त्यसपछि कृनाल पान्ड्याले १२, रभिन्द्र जडेजाले अविजित १० तथा वासिंगटन सुन्दरले अविजित ८ रन बनाउदै भारतलाई जितसम्म पुर्याए।

वेस्टइन्डिजको बलिंगमा केमो पौल ( ३.२-०-२३-२ ) , सुनिल नारायण ( ४-०-१४-२ ) र शेल्डन कटरेल ( ४-०-२०-२ ) ले २/२ विकेट लिए।

वेस्टइन्डिजको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो। उसको लागि काइरन पोलार्डले सर्वाधिक ४९ रन बनाए जुन क्रममा ४९ बलमा ४ चौका र २ छक्का प्रहार गरे। निकोलस पुरनले २० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

एक समय ३३ रनमा ५ विकेट गुमाएको वेस्ट इन्डिजलाई पोलार्डले अन्तिमसम्म ब्याटिंग गर्दै सम्मानजनक स्थितिमा पुर्याएका थिए।

भारतको बलिंगमा टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका नभदिप सैनीले सर्वाधिक ३ विकेट ( ४-१-१७-३ ) लिए। यस्तै भुवनेश्वर कुमारले २ ( ४-०-१९-२ ) तथा वासिंगटन सुन्दर, खलिल एहमद, क्रुनाल पान्ड्या र रभिन्द्र जडेजाले १/१ विकेट लिए।





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]