कोहलीले सचिन र गावस्करलाई पछि छाडे, टेस्टमा भारतको बिशाल अग्रता

  • विकेटनेपाल-१९ असोज, शुक्रवार

प्रिथ्भी शा, बिराट कोहली र रबिन्द्र जडेजाको शतक तथा बलरहरुको शानदार प्रदर्शनमा विन्डीज् बिरुद्धको पहिलो टेस्टमा भारतले आफ्नो पकड बनाएको छ। टेस्टको दोस्रो दिनको खेल समाप्ति हुँदासम्म विन्डीज टोलि ५५५ रनको बिशाल अन्तरले पछि रहेको छ।

भारतले दोस्रो दिन ९ विकेट गुमाएर ६४९ रन जोड्दै पारि समाप्तिको घोषणा गरेपछि ब्याटिंगमा उत्रिएको विन्डीज दोस्रो दिनको खेलको समाप्तिमा ९४/६ को खराब अवस्था पुगेको छ। उसका रोस्टन चेज (२७*) र किमो पौल (१३*) क्रिजमा अविजित रहेका छन्।

आफ्नो पहिलो इनिंगमा ब्याटिंग गर्न उत्रिएको विन्डीजले लगातार विकेट गुमाउँदा साझेदारी बनाउन विफल रह्यो। टोलीको खातामा मात्र २ रनहुँदा पहिलो विकेट गुमाएको भ्रमणकारी टोलीले ७ रनमा दोस्रो, २१ रनमा तेस्रो, ३२ रनमा चौथो, ४९ रनमा पाँचौं र ७४ रनमा आफ्नो छैठौं विकेट गुमाएको हो।

भारतको बलिंगतर्फ मोहम्मद शामीले सर्वाधिक २ (६-२-११-२) विकेट तथा रबिन्द्र जडेजा, रबिचंद्रण अश्विन र कुलदिप यादवले समान १-१ विकेट चट्काए। विन्डीज् टोलीको एक विकेट भने भारतले रन आउट स्वरूप हात पार्यो।

भारत पहिलो इनिंगमा ३ शतक 

यसअघि खेलमा टस जित्दै ब्याटिंग गर्ने निर्णय लिएको भारतले आफ्नो पहिलो इनिंगमा ९ विकेट गुमाएर ६४९ रन जोड्दा पारि समाप्तिको घोषणा गरेको थियो। भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक १३९, प्रिथ्भी शाले १३४ तथा रबिन्द्र जडेजाले अविजित १०० रनको योगदान गरेका थिए।

३६४/४ रनको स्कोरबाट दोस्रो दिनको खेल सुरु गरेको भारतका लागि कप्तान कोहलीले टेस्ट करियरको २४ औं शतक तथा रबिन्द्र जडेजाले पहिलो शतक प्रहार गरे। १३९ रनको बिशाल इनिंग खेल्ने क्रममा कोहलीले १० चौका प्रहार गरे।

यस्तै आफ्नो टेस्ट करियरको पहिलो शतक बनाउन रबिन्द्र जडेजाले १३२ बलमा अविजित १०० रनको इनिंग खेले। आक्रामक इनिंग खेलेका जडेजाले ५ चौका र समान छक्का प्रहार गरेका थिए।

उता शतक बनाउनबाट मात्र ८ रनले चुकेका रिसभ पन्तले ९२ रनको योगदान गर्दा ८ चौका र ४ छक्का प्रहार गरेका थिए। यसअघि पहिलो दिनको खेलमा टेस्ट क्रिकेटमा डेब्यु गरेका प्रिथ्भी शाले शतक बनाउंदै १३४ रन जोडेका थिए।

विन्डीजको बलिंगमा देभेन्द्र बिशुले सर्वाधिक ४ (५४-३-२१७-४) विकेट हात पारे। यस्तै शेरमन लेविशको नाममा २ विकेट रहेको थियो।

सचिन र गावास्करलाई पछि छाडे कोहलीले :

टेस्ट क्रिकेटको इतिहासमा सर्वाधिक चांडो २४ टेस्ट शतक जोड्ने खेलाडीको सुचीमा भारतीय कप्तान बिराट कोहली दोस्रो नम्बरमा उक्लिएका छन्। विन्डीज बिरुद्ध पहिलो टेस्टमा १३९ रनको इनिंग खेल्दा कोहलीले आफ्नो टेस्ट करियरको २४ औं शतक पुरा गरेका हुन्।

यसक्रममा कोहलीले सचिन तेन्दुलकर र महान् क्रिकेटर सुनिल गावास्करलाई यो सुचिमा पछि छाडेका छन्। २४ टेस्ट शतक जोड्न सचिनले १२५ तथा गावास्करले १२८ इनिंग खर्चेका थिए भने कोहलीले १२३ इनिंगमा यो उचाई हँसिल गरेका हुन्। मात्र ६६ इनिंगमा २४ टेस्ट शतक जोडेका ड्न ब्राडमेन सो सुचीको शिर्ष स्थानमा रहेका छन्।

सर्वाधिक चांडो २४ टेस्ट शतक जोड्ने खेलाडीहरु :

  • ६६ इनिंग –  ड्न ब्राडमेन
  • १२३ इनिंग -बिराट कोहली
  • १२५ इनिंग -सचिन तेन्दुलकर
  • १२८ इनिंग -सुनिल गावास्कर
  • १३२ इनिंग -मेथ्यु ह्याडेन
  • १३५ इनिंग -मोहमम्द युसुफ
  • १४१ इनिंग -गार्फिल्ड सोबर्स




थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]