कोहलीले शतक बनाउदा भारतद्वारा विन्डीजलाई २८० रनको लक्ष्य

भारतको वेस्टइन्डिज टुर अन्तर्गत ३ वानडे अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो एकदिवसीय खेल जारि रहेको छ। पहिलो एकदिवसीय वर्षाको कारण नतिजाविहिन रहेको थियो।

ट्रिनिडाड पोर्ट अफ स्पेनमा जारि खेलमा टस जितेर ब्याटिंग गर्दै भारतले ५० ओभरमा ७ विकेट गुमाएर २७९ रन बनाउदै घरेलु टिमलाई २८० रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिंग गर्ने क्रममा भारतीय ओपनर शिखर धवन २ रन बनाएर पहिलो ओभरमा शेल्डरन कटरेलबाट एलबिडब्लु आउट भए। दोश्रो विकेटको लागि रोहित शर्मा र बिराट कोहलीले ७४ रनको साझेदारी गरे। रोहित १६ औं ओभरमा रोस्टन चेजको बलमा क्याच आउट भए जस अघि ३४ बलमा १८ रन बनाए।

रिशभ पन्त २३ औं ओभरमा ३५ बलमा २० रन बनाएर आउट हुँदा दबाबमा आएको भारतको लागि कोहलीले एक किनार सम्हालीरहे। पाँचौ नम्बरका श्रेयस ऐयरसंग कोहलीले शतकी साझेदारी गर्दै योगफल २०० पार गराए। कोहली गांगुलीको रेकर्ड तोड्दै भारतको लागि ओडीआईमा दोश्रो धेरै रन बनाउने खेलाडी समेत बन्न पुगे। गांगुलीको ११, ३६३ रन रहेको थियो जसलाई पछि छाड्दै कोहलीओ ११,४०६ रन पुगेको छ।

कोहलीले एकदिवसीय करियरको ४२ औं शतक पुरा गरे। ४२ औं ओभरमा ब्राथवेटको बलमा क्याच आउट हुनु अघि उनले १२५ बलमा १४ चौका र १ छक्का मदतले १२० रन बनाए। वेस्टइन्डिज बिरुद्ध कोहलीको यो आठौँ शतक हो।

कोहलीको विकेट पछि श्रेयस ऐयरले पनि तेश्रो अर्धशतक अर्धशतक पुरा गरे। ६८ बलमा ५ चौका र १ छक्का मदतले ७१ रन बनाएका ऐयरलाई ४६ औं ओभरमा जेसन होल्डरले बोल्ड आउट गरे।

Shreyas Iyer

एयरको विकेट पछि केदार जाधव १६ तथा भुवनेश्वर कुमार १ रन बनाएर आउट भए। रभिन्द्र जडेजा १६ रन बनाएर अविजित रहे।

वेस्टइन्डिजको बलिंगमा कार्लोस ब्राथवेटले सर्वाधिक ३ विकेट ( १०-०-५३-३ ) तथा शेल्डन कटरेल ( १०-०-४९-१ ) , जेसन होल्डर ( ९-०-५३-१ ) , रोस्टन चेज ( १०-१-३७-१ ) ले १/१ विकेट लिए।

कोहलीको किर्तिमान 

खेलमा कोहलीले करियरको ४२ औं शतक पुरा गर्ने क्रममा भारतीय पुर्व कप्तान सौरभ गांगुलीको किर्तिमान तोडेका हुन्। कोहली अब भारतको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा धेरै रन बनाउने सुचीमा गांगुलीलाई पछि छाड्दै दोश्रो स्थानमा उक्लेका छन्।

गांगुलीले कुल ३११ खेल खेल्दा ११ हजार ३ सय ६३ रन बनाएका थिए। १९९२ देखि २००७ सम्म गांगुलीले भारतको लागि खेल्ने क्रममा २२ शतक र ७२ अर्धशतक बनाएका थिए।

कोहलीले २३८ औं खेल खेल्ने क्रममा यो रेकर्ड बनाएका हुन्। २२९ इनिंगमा ब्याटिंग गर्दै कोहलीले ४२ शतक र ५४ अर्धशतक प्रहार गरिसकेका छन्।

यस्तै कोहली वेस्टइन्डिज बिरुद्ध एकदिवसीयमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान समेत बनेका छन्। जाभेद मियायादले वेस्टइन्डिज बिरुद्ध १ हजार ९ सय ३० बनाएका थिए जसलाई आज कोहलीले उछिनेका हुन्।

एकदिवसीय अन्तर्राष्ट्रियमा भारतको लागि र विश्वकै धेरै रन बनाउने ब्याट्सम्यान सचिन तेन्दुलकर हुन्। सचिनले १९८९ देखि २०१२ सम्म भारतको लागि एकदिवसीय खेल्ने क्रममा ४६३ खेलमा १८ हजार ४ सय २६ रन बनाएका थिए जुन क्रममा ४९ शतक र ९६ अर्धशतक प्रहार गरेका थिए।

एकदिवसीय अन्तर्राष्ट्रियमा धेरै रन बनाउने सुचीमा कोहली आठौँ स्थानमा रहेका छन्। सचिन पछि दोश्रो स्थानमा १४ हजार २ सय ३४ रन बनाएका श्रीलंकन ब्याट्सम्यान कुमार साँगाकारा रहेका छन्। रिकी पोंटिंग ( १३,७०४ ) तेश्रो, सनथ जयसूर्या ( १३,४३० ) चौथो, महेला जयवर्दने ( १२,६५० ) पाँचौ स्थानमा रहेका छन्। इन्जमाम उल हक ( ११,७३९ ) छैठौं, ज्याक कालिस ( ११,५७९) सातौँ स्थानमा छन्।

एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान – सचिन तेन्दुलकर – १८,४२६ , कुमार साँगाकारा – १४,२३४ , रिकी पोंटिंग – १३,७०४ , सनथ जयसूर्या – १३,४३० , महेला जयवर्दने – १२,६५० , इन्जमाम उल हक – ११,७३९ , ज्याक कालिस – ११,५७९ , बिराट कोहली – ११,४०६, सौरभ गांगुली – ११,३६३

कोहली एकदिवसीयमा धेरै शतक बनाउने ब्याट्सम्यानको सुचीमा पनि दोश्रो स्थानमा रहेका छन्। कोहलीले ४१ शतक र ५५ अर्धशतक बनाएका छन्। टपमा रहेका तेन्दुलकरको ४९ शतक रहेको छ। तेश्रो नम्बरमा रहेका पोंटिंगको ३० शतक रहेको छ। रोहित शर्माले २७ शतक बनाएका छन्।

एकदिवसीय अन्तर्राष्ट्रियमा धेरै शतक बनाउने ब्याट्सम्यान :- सचिन तेन्दुलकर – ४९ शतक , बिराट कोहली – ४२ शतक , रिकी पोंटिंग – ३० शतक , सनथ जयसूर्या – २८ शतक , हसिम अमला र रोहित शर्मा – २७ शतक , एबी डी भिल्लियर्स, क्रिस गेल, कुमार साँगाकारा – २५ शतक

टेस्ट क्रिकेटमा कोहलीले ७७ खेलमा ६ हजार ६ सय १३ रन बनाएका छन् जुन क्रममा २५ शतक र ५० अर्धशतक बनाएका छन्। टि-२० मा शतक प्रहार गर्न नसकेका कोहलीले ७० खेलमा २ हजार ३ सय ६९ रन बनाएका छन्। टेस्टमा ५३.७६ , एकदिवसीयमा ५९.७१ र टि-२० मा ४९.३५ को औशतले कोहली रन बनाईरहेका छन्।





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]