रोहितको अर्धशतकमा भारतद्वारा विन्डिजलाई १६८ रनको लक्ष्य

भारतको वेस्टइन्डिज टुर अन्तर्गत ३ वटा टि-२० को सिरिज अन्तर्गत दोश्रो टि-२० अहिले जारि छ। सिरिजमा १-० ले अघि रहेको भारतले पहिलो टि-२० ४ विकेटले जितेको थियो

अमेरिकाको फ्लोरिडामा भइरहेको खेलमा भारतले टस जितेर ब्याटिंग रोजेको थियो। भारतए २० ओभर ब्याटिंग गर्दै ५ विकेट गुमाएर १६७ रन बनाएको छ।

राम्रो सुरुवात गर्ने क्रममा भारतीय ओपनर रोहित शर्मा र शिखर धवनले पहिलो विकेटको लागि ६७ रनको साझेदारी गरे। आठौँ ओभरमा २३ रन ( १६ बलमा ३ चौका ) बनाएका धवनलाई किमो पौलले बोल्ड गर्दै साझेदारी तोडे।

दोश्रो विकेटको लागि रोहित र कप्तान बिराट कोहली बीच ४८ रनको साझेदारी भयो। ५१ बलमा ६ चौका र ३ छक्का प्रहार गरे पछि ६७ रन बनाएर रोहित १४ औं ओभरमा ओशेन थोससबाट क्याच आउट भए। त्यसपछि रिशभ पन्त ४, कोहली २८ रन तथा मनिस पाण्डे बनाएर लगातार आउट भए। पन्तलाई ओशेन थोमसले क्याच आउट गराए भने कोहलीलाई शेल्डन कटरेलले बोल्ड गरे। कटरेलले पाण्डेलाई क्याच आउट गराए। कोहलीले २३ बलमा १ चौका र १ छक्का प्रहार गरे।

अन्तिम ओभरमा क्रुनाल पान्ड्याले केमो पौलको ओभरमा २ वटा छक्का तथा रभिन्द्र जडेजाले एउटा छक्का प्रहार गर्दै भारतको योगफल १६७ रन पुर्याए। पान्ड्याले १३ बलमा २ छक्का मदतले २० रन तथा जडेजाले ४ बलमा १ छक्का मदतले ९ रन बनाए।

वेस्टइन्डिजको लागि ओशेन थोमस ( ४-०-२७-२ ) र शेल्डन कटरेल ( ४-०-२५-२ ) ले २/२ तथा केमो पौलले १ विकेट ( ४-०-४६-१ ) लिए।

 

 





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]