रोहितको अर्धशतकमा भारतद्वारा विन्डिजलाई १६८ रनको लक्ष्य

२०७६ श्रावण १९, आईतवार २१:५९

भारतको वेस्टइन्डिज टुर अन्तर्गत ३ वटा टि-२० को सिरिज अन्तर्गत दोश्रो टि-२० अहिले जारि छ। सिरिजमा १-० ले अघि रहेको भारतले पहिलो टि-२० ४ विकेटले जितेको थियो

अमेरिकाको फ्लोरिडामा भइरहेको खेलमा भारतले टस जितेर ब्याटिंग रोजेको थियो। भारतए २० ओभर ब्याटिंग गर्दै ५ विकेट गुमाएर १६७ रन बनाएको छ।

राम्रो सुरुवात गर्ने क्रममा भारतीय ओपनर रोहित शर्मा र शिखर धवनले पहिलो विकेटको लागि ६७ रनको साझेदारी गरे। आठौँ ओभरमा २३ रन ( १६ बलमा ३ चौका ) बनाएका धवनलाई किमो पौलले बोल्ड गर्दै साझेदारी तोडे।

दोश्रो विकेटको लागि रोहित र कप्तान बिराट कोहली बीच ४८ रनको साझेदारी भयो। ५१ बलमा ६ चौका र ३ छक्का प्रहार गरे पछि ६७ रन बनाएर रोहित १४ औं ओभरमा ओशेन थोससबाट क्याच आउट भए। त्यसपछि रिशभ पन्त ४, कोहली २८ रन तथा मनिस पाण्डे बनाएर लगातार आउट भए। पन्तलाई ओशेन थोमसले क्याच आउट गराए भने कोहलीलाई शेल्डन कटरेलले बोल्ड गरे। कटरेलले पाण्डेलाई क्याच आउट गराए। कोहलीले २३ बलमा १ चौका र १ छक्का प्रहार गरे।

अन्तिम ओभरमा क्रुनाल पान्ड्याले केमो पौलको ओभरमा २ वटा छक्का तथा रभिन्द्र जडेजाले एउटा छक्का प्रहार गर्दै भारतको योगफल १६७ रन पुर्याए। पान्ड्याले १३ बलमा २ छक्का मदतले २० रन तथा जडेजाले ४ बलमा १ छक्का मदतले ९ रन बनाए।

वेस्टइन्डिजको लागि ओशेन थोमस ( ४-०-२७-२ ) र शेल्डन कटरेल ( ४-०-२५-२ ) ले २/२ तथा केमो पौलले १ विकेट ( ४-०-४६-१ ) लिए।

 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy