धोनी र कोहलीको अर्धशतकमा भारतले बनायो २६८

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत ३४ औं खेलमा भारत र वेस्ट इन्डिज प्रतिस्पर्धा गरिरहेका छन्।

टस जितेर ब्याटिंग रोजेको भारतले सुस्त देखिएको विकेटमा ७ विकेट गुमाएर २६८ रनको योगफल तयार गरेको छ।

ओल्ड ट्राफोर्ड, म्यानचेस्टरमा टस जितेर ब्याटिंग गरेको भारतीय ओपनर रोहित शर्मा १८ रन बनाएर छैठौं ओभरमा कमर रोचबाट आउट भए। अम्पायरले आउट नदिएपछि रिभ्युमार्फत उनलाई विवादास्पद तरिकाले आउट दिईएको थियो तर बलले प्याडलाई छोएको देखिएको थियो।

रोहितको विकेट पछि अर्का ओपनर लोकेस राहुल र कप्तान बिराट कोहलीले दोश्रो विकेटको लागि ६९ रनको साझेदारी गरे। राहुललाई जेसन होल्डरले २१ औं ओभरमा बोल्ड गरे जस अघि उनले ६४ बलमा ६ चौका मदतए ४८ रन बनाए।

त्यसपछि भिजे शंकरलाइ रोचले १४ रन बनाउदा क्याच आउट गराए भने त्यसलगत्तै रोचले ७ रन बनाएका केदार जाधवलाई पनि उही तरिकाले आउट गरे।

२९ औं ओभरमा १४०/४ पुगेको योगफललाई कोहली र महेन्द्र सिंह धोनीले अघि बढाए। कोहली ३९ औं ओभरमा होल्डरको बलमा क्याच आउट भए। प्रतियोगितामा लगातार चौथो अर्धशतक बनाएका कोहलीले ७२ रन बनाए जुन क्रममा ८२ बलमा ८ चौका प्रहार गरे।

कोहलीको विकेटपछि धोनी र हार्दिक पान्ड्याले भारतलाई अघि बढाए। छैठौं विकेटको लागि ७० रनको साझेदारी पछि हार्दिक आउट भए। उनले ३८ बलमा ५ चौका मद्दतले ४६ रन बनाए।

इनिंगको अन्तिम ओभरमा धोनीले ओशेन थोमसको ओभरमा २ छक्का र १ चौका प्रहार गर्दै गरे।

भारतले ५० ओभरमा ७ विकेट गुमाएर २६८ रन बनायो।

धोनीले अविजित ५६ रन बनाए जुन क्रममा ६१ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

३४ औं ओभरमा पहिलो बलमा फाबीएन एलेनको बलमा ठुलो सट खेल्ने क्रममा अघि बढेका धोनीलाई स्टम्पिंग आउट गर्न विकेटकिपर शाइ होप चुकेका थिए। पहिलो मौकामा बल समात्न नसकेका होपले दोश्रो पटक पनि बललाई स्टम्पमा लगाउन सकेनन्। त्यसको फाइदा धोनीले उठाए।

वेस्ट इन्डिजको बलिंगमा कमर रोचले सर्वाधिक ३ विकेट ( १०-०-३६-३ ) तथा शेल्डन कटरेल ( १०-०-५०-२ ) र जेसन होल्डर ( १०-२-३३-२ ) ले २/२ विकेट लिए।

प्रतियोगिताको अंकतालिकामा भारत ५ खेलमा ४ जित र १ नतिजाविहिन खेल सहित ९ अंक बटुल्दै तेश्रो स्थानमा रहेको छ। वेस्टइन्डिज भने ६ खेलमा १ जित, ४ हार र १ नतिजाविहिन अंक सहित मात्र ३ अंक बटुली आठौँ स्थानमा रहेको छ।

भारतले यस अघि अफगानिस्तानलाई ११ रनले, पाकिस्तानलाई ८९ रनले, अस्ट्रेलियालाई ३६ रनले तथा दक्षिण अफ्रीकालाई ६ विकेटले पराजित गरेको थियो भने न्युजिल्याण्डसंगको खेल नतिजाविहिन रहेको थियो।

वेस्ट इन्डिजले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो भने अस्ट्रेलियासंग १५ रनले,, इंग्ल्याण्डसंग ८ विकेटले, बंगलादेससंग ७ विकेटले तथा वेस्ट इन्डिजसंग ५ रनले पराजित भएको थियो। दक्षिण अफ्रीकासंगको खेल नतिजाविहिन रहेको थियो।





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]