जिम्बावेमाथि भारतको लगातार दोस्रो जित

काठमाडौं । पाँच खेलको टी-२० आई सिरिजका लागि जिम्बावे भ्रमणमा रहेको भारतीय टोलीले घरेलु टोलीमाथि तेस्रो खेलमा पनि पराजित गरेको छ ।

हरारेमा भएको सिरिज अन्तर्गतको तेस्रो खेलमा घरेलु टोलीलाई भारतले २३ रनको अन्तरले पराजित गर्यो ।

भारतले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५९ रन मात्र बनाउन सक्यो ।

घरेलु टोलीका लागि डिअन मार्यस्ले ४९ बलमा ६५ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । क्लेलिभ मदान्दीले २६ बलमा ३७ तथा वेलिङ्टन मासाकाट्जाले १० बलमा अविजित १८ रन बनाए ।

भारतका लागि वासिङ्टन सुन्दरले तीन तथा आबेश खानले दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।

भारतका लागि ओपनर तथा कप्तान शुभमन गिललले ४९ बलमा ६६ रनको अर्धशतकीय ईनिङ खेले । ऋतुराज गायकवाडले २८ बलमा ४९ तथा ओपनर यशस्वी जैसवालले २७ बलमा ३७ रन बनाए ।

जिम्बावेका लागि ब्लेसिङ मुजवानी र कप्तान सिकन्दर राजाले समान दुई दुई विकेट लिए ।

पहिलो खेलमा पराजित भएपनि लगातार दोस्रो जितसँगै भारतले पाँच खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ ।





थप समाचार

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]

स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि

काठमाडौँ। स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ। ‎ नेपालका तीन विश्वविद्यालयका १२ कलेजका टिमको […]