जिम्बावेमाथि भारतको सहज जित

काठमाडौं । पाँच खेलको टी-२० आई सिरिजका लागि जिम्बावे भ्रमणमा रहेको भारतीय टोलीले घरेलु टोलीमाथि दोस्रो खेलमा सहज जित हात पारेको छ ।

सिरिज अन्तर्गतको पहिलो खेलमा हार व्यहोरेको भारतले दोस्रो खेलमा घरेलु टोलीलाई १ सय रनको फराकिलो अन्तरले पराजित गर्यो ।

भारतले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले १८ दशमलब ४ ओभरमा अल आउट हुदै १ सय ३४ रन मात्र बनाउन सक्यो ।

घरेलु टोलीका लागि वेस्ली माधिभेरीले ३९ बलमा ४३ तथा लुकि जुन्किवले २६ बलमा ३३ रन बनाए ।

भारतका लागि मुकेश कुमार र आबेश खानले समान तीन तीन तथा रवि बिष्नोईले दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ओपनर अभिसेक शर्माको शतकको सहयोगमा २० ओभरमा २ विकेट गुमाएर २ सय ३४ रन बनायो ।

भारतका लागि ओपनर शर्माले ४७ बलमा ७ चौका र ८ छक्काको सहयोगमा १ सय रनको शानदार शतकीय ईनिङ खेले । ऋतुराज गायकवाडले ४७ बलमा ११ चौका र १ छक्काको सहयोगमा अविजित ७७ तथा रिंकु सिंहले २२ बलमा अविजित ४८ रन बनाए ।

जिम्बावेका लागि ब्लेसिङ मुजवानी र वेलिङ्टन मासाकाट्जाले समान एक एक विकेट लिए ।

जितसँगै भारतले पाँच खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।





थप समाचार

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

काठमाडौँ । यू–१९ महिला विश्‍वकपको दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ। मलेसियाको क्‍वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा बुधबार भएको […]

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]