दोश्रो टि-२० जित्दै भारतलाई सिरिज : रोहितको नयाँ विश्वकिर्तिमान

दोश्रो टि-२० मा वेस्टइन्डीजलाई पराजित गर्दै भारतले ३ वटा टि-२० को सिरिज १ खेल अगावै जितेको छ।

अमेरिकाको फ्लोरिडामा आइतबार राति सम्पन्न खेलमा भारतले पहिले ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १६७ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा १५.३ ओभरमा वेस्टइन्डिजले ४ विकेट गुमाएर ९८ रन बनाएको थियो। सोहि अवस्थामा वर्षाले खेल रोकिनपुग्यो र पुनः खेल सुचारु हुन नसक्दा भारतले डी/एल मेथडमा खेल २२ रनले जित्यो।

वेस्टइन्डिजले लक्ष्य पछ्याउने क्रममा ओपनर सुनिल नारायण ४ तथा एभिन लुइस खाता नखोल्दै आउट भएका थिए। त्यसपछि निकोलस पुरन र रभम्यान पावेलले तेश्रो विकेटको लागि ७६ रनको साझेदारी गरे।

१९ रन बनाएका पुरनलाई क्रुनल पान्ड्याले १४ औं ओभरमा क्याच आउट गराए। सोहि ओभरमा ५४ रन बनाएका पावेललाई पनि पान्ड्याले एलबिडब्लु आउट गर्दा भारत खेलमा फर्किएको थियो। पावेलले ३४ बलमा ६ चौका र ३ छक्का मदतले ५४ रन बनाए। खेल रोकिंदा पोलार्ड ८ तथा शिमरन हेटमायर ६ रन बनाएर अविजित रहेका थिए।

भारतको बलिंगमा प्लेयर अफ द म्याच चुनिएका क्रुनाल पान्ड्याले २ विकेट ( ३.३-०-२३-२ ) तथा वासिंगटन सुन्दर ( ३-१-१२-१ ) र भुवनेश्वर कुमार ( २-०-७-१ ) ले १/१ विकेट लिए। अघिल्लो खेलमा ३ विकेट लिएका नभदिप सैनी विकेटविहिन ( ३-०-२७-० ) रहे।

Krunal Pandya

भारतको ब्याटिंग 

भारतले २० ओभर ब्याटिंग गर्दै ५ विकेट गुमाएर १६७ रन बनाएको थियो।

राम्रो सुरुवात गर्ने क्रममा भारतीय ओपनर रोहित शर्मा र शिखर धवनले पहिलो विकेटको लागि ६७ रनको साझेदारी गरे। आठौँ ओभरमा २३ रन ( १६ बलमा ३ चौका ) बनाएका धवनलाई किमो पौलले बोल्ड गर्दै साझेदारी तोडे।

दोश्रो विकेटको लागि रोहित र कप्तान बिराट कोहली बीच ४८ रनको साझेदारी भयो। ५१ बलमा ६ चौका र ३ छक्का प्रहार गरे पछि ६७ रन बनाएर रोहित १४ औं ओभरमा ओशेन थोससबाट क्याच आउट भए। त्यसपछि रिशभ पन्त ४, कोहली २८ रन तथा मनिस पाण्डे बनाएर लगातार आउट भए। पन्तलाई ओशेन थोमसले क्याच आउट गराए भने कोहलीलाई शेल्डन कटरेलले बोल्ड गरे। कटरेलले पाण्डेलाई क्याच आउट गराए। कोहलीले २३ बलमा १ चौका र १ छक्का प्रहार गरे।

अन्तिम ओभरमा क्रुनाल पान्ड्याले केमो पौलको ओभरमा २ वटा छक्का तथा रभिन्द्र जडेजाले एउटा छक्का प्रहार गर्दै भारतको योगफल १६७ रन पुर्याए। पान्ड्याले १३ बलमा २ छक्का मदतले २० रन तथा जडेजाले ४ बलमा १ छक्का मदतले ९ रन बनाए।

वेस्टइन्डिजको लागि ओशेन थोमस ( ४-०-२७-२ ) र शेल्डन कटरेल ( ४-०-२५-२ ) ले २/२ तथा केमो पौलले १ विकेट ( ४-०-४६-१ ) लिए।

रोहितको विश्वकिर्तिमान 

रोहित शर्मा टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी बनेका छन्। वेस्टइन्डिज बिरुद्ध दोश्रो टि-२० मा ६७ रन बनाउने क्रममा ६ चौका र ३ छक्का प्रहार गरेका रोहितले क्रिस गेललाई पछि छाडेका हुन्।

रोहितले ९६ खेलको ८८ इनिंगमा ब्याटिंग गर्दै कुल १०७ छक्का प्रहार गरेका छन्। गेलले कुल १०५ छक्का प्रहर गरेका छन् जुन क्रममा रोहित भन्दा निकै कम ५८ खेलको ५४ इनिंगमा ब्याटिंग गरेका छन्। तेश्रो धेरै न्युजिल्याण्डका मार्टिन गुप्तिलले छक्का हिर्काएका छन् जसको नाममा १०३ छक्का रहेको छ।

धेरै छक्का प्रहार गर्ने १० ब्याट्सम्यान  रोहित शर्मा – १०७ छक्का , क्रिस गेल – १०५ छक्का , मार्टिन गुप्तिल – १०३ छक्का , कोलिन मुनरो – ९२ छक्का, ब्रेण्डन म्याकलम – ९२ छक्का , शेन वाटसन ८३ छक्का , ओएन मोर्गन – ८३ छक्का , आरोन फिंच – ७९ छक्का , डेभिड वार्नर – ७९ छक्का , ग्लेन म्याक्सवेल – ७८ छक्का

टि-२० अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै चौका प्रहार गर्ने ब्याट्सम्यान भारतीय कप्तान बिराट कोहली हुन्। उनले ६९ खेलको ६४ इनिंगमा ब्याटिंग गर्दै २२५ चौका प्रहार गरेका छन्। कोहलीले ५५ वटा छक्का प्रहार गरेका छन्। दोश्रो धेरै चौका प्रहार गर्ने ब्याट्सम्यान श्रीलंकाका तिलकरत्ने दिलशान हुन् जसले २२३ चौका प्रहर गरेका थिए। अफगानिस्तानका मोहम्मद शाहजादले तेश्रो धेरै २१८ चौका प्रहार गरेका छन्। छक्काको मामलामा अघि रहेका रोहित चौकामा चौथो स्थानमा रहेका छन् र कुल २१५ चौका प्रहार गरेका छन्।

 





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]