जेमीसनको घातक बलिंग भारत २१७ मै सिमित

इंग्ल्यान्डमा जारि आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा टस हारेर ब्याटिंग गरेको भारतले पहिलो इनिंग्समा २१७ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेको छ।

तेश्रो दिनको सुरुवात १४६/३ को अवस्थाबाट सुरु गरेको भारतले थप ७ विकेट गुमाउन पुग्दा योगफलमा ७१ रन जोड्न सक्यो। दिनको दोश्रो सत्रको खेल चलीरहंदा न्युजिल्यान्डले केहि बेरमा ब्याटिंग सुरुवात गर्नेछ।

भारतको लागि अजिंके रहानेले सर्वाधिक ४९ रन तथा कप्तान बिराट कोहलीले ४४ रन बनाए। रोहित शर्माले ३४, शुबमन गिलले २८, रभीचन्द्रन आश्विनले २२ तथा रभीन्द्र जडेजाले १५ रन बनाए।

रोहित शर्मा र शुबमन गिल बीच पहिलो विकेटको लागि भएको ६२ रनको साझेदारी भारतको इनिंग्सको सर्वाधिक साझेदारी रह्यो। यस्तै बिराट कोहली र अजिंके रहानेले चौथो विकेटको लागि ६१ रनको साझेदारी गरे।

न्युजिल्यान्डको बलिंगमा दायाँ हाते पेसर कायल जेमीसनले सर्वाधिक ५ विकेट लिने क्रममा रोहित शर्मा, बिराट कोहली रिशभ पन्तको महत्वपूर्ण विकेट लिए। जेमीसनले २२ ओभर बलिंग गर्दै १२ मेडन ओभर गर्दै ३१ रन खर्चिए। ट्रेन्ट बोल्ट ( २१.१-४-४७-२ ) र निल वाग्नरले ( १५-५-४०-२ ) समान २ विकेट लिए भने टिम साउदीले १ विकेट ( २२-६-६४-१ ) आफ्नो नाम गरे।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy