बोल्टको घातक बलिङ्ग अघि भारतको लज्जास्पद ब्याटिंग, ९२ रनमै अल-आउट

ट्रेन्ट बोल्टले घातक बलिङ्ग गरेपछि न्युजिल्याण्डमा जारि एकदिवसीय सिरिजमा घरेलु टिमले भारतलाई ९२ रनमा अल-आउट गरेको छ।

५ एकदिवसीयको सिरिज ०-३ ले गुमाई सकेको अवस्थामा न्युजिल्याण्डले चौथो एकदिवसीयमा बल्ल भारतलाई चुनौती दिएको हो।

ह्यामिल्टन, सेडन पार्क मैदानमा टस जितेर न्युजिल्याण्डले बलिङ्ग रोजेको थियो। पहिलो विकेटको लागि भारतीय ओपनर शिखर धवन र रोहित शर्माले २१ रन बनाए पछि बोल्टले विकेट पतनको सुरुवात गरेका थिए।

धवनलाई छैठौं ओभरमा बोल्टले एलबिडब्लु गरेपछि रोहितलाई बोल्टले आफ्नै हातबाट क्याच आउट गराए। त्यसपछि भारतले लगातार विकेट गुमाउने क्रममा अम्बाती रायडु ९ रन, दिनेश कार्तिक ० , शुब्मन गिल ९ , केदार जाधब १ , भुवनेश्वर कुमार १ रनमा पेभेलियन फर्किए।

२१/१ बाट भारत ४०/७ को अवस्थामा पुग्यो। भारतको लाज थोरै भए पनि ढाक्न अन्तिममा हार्दिक पान्ड्याले १६, कुलदिप यादबले १५ तथा युज्भेन्द्र चाहलले अविजित १८ रन बनाए।

३०.५ ओभरमा भारतले ९२ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

भारतलाई सस्तोमा समेट्न न्युजिल्याण्ड फास्ट बलर ट्रेन्ट बोल्ट एक्लैले ५ विकेट लिए जुन क्रममा १० ओभरमा ४ मेडन ओभर गर्दै २१ रन खर्चिए। यस्तै कोलिन ग्रयाण्डहोमीले ३ विकेट लिए।

एकदिवसीय क्रिकेटमा भारतको यो इतिहासकै सातौँ कम योगफल हो। सन् २००० मा भारत श्रीलंका बिरुद्ध ५४ रनमा समेटिएको थियो जुन सबैभन्दा कम योगफल हो।

खेलमा सुब्मन गिल भारतको लागि डेब्यु गरिरहेका छन्। सिरिज जितेपछि कप्तान बिराट कोहली, महेन्द्र सिंह धोनी जस्ता ब्याट्सम्यानलाई आराम दिईएको छ।

 





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]