नेपालले भारतबाट पायो १७९ रनको लक्ष्य

काठमाडौं । श्रीलंकामा जारी एसीसी महिला एसिया कपमा भारतले नेपाललाई १ सय ७९ रनको विशाल लक्ष्य दिएको छ ।

डम्बुलामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७८ रन बनायो ।

भारतका लागि ओपनर शेफाली बर्माले ४८ बलमा १२ चौका र १ छक्काको सहयोगमा ८१ रनको अर्धशतकीय ईनिङ खेलिन् । अर्की ओपनर दयालन हेमलथाले ४२ बलमा ४७ रनको योगदान गरिन् ।

May be an image of 3 people and text

पहिलो विकेटका लागि बर्मा र हेमलथाले पहिलो विकेटका लागि १ सय २२ रनको शतकीय साझेदारी गरे ।

चौधौ ओभरको अन्तिम बलमा नेपालकी सिता राना मगरले ओपनिङ साझेदारी तोडेकी थिईन् । जेमिमा रोड्रिगेजले १५ बलमा २८ रन बनाईन् ।

नेपालको लागि सिता राना मगरले दुई तथा कविता जोशीले एक विकेट लिईन् । यस समूहमा भारत अपराजित रुपमा शीर्ष स्थानमा रहेको छ । नेपाल एक खेलमा जितका साथ तेस्रो स्थानमा छ ।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]