तेश्रो टेस्टमा भारतको जित, ठुलो रेकर्ड नजिक बिराट कोहली

२०७५ पुष १५, आईतवार ०८:५४

  • विकेटनेपाल, पुष १५, आइतबार 

तेश्रो टेस्टमा १३७ रनले अस्ट्रेलियालाई पराजित गर्दै भारतले अस्ट्रेलियामा जारि ४ टेस्टको शृंखलामा २-१ को अग्रता लिएको छ।

सिरिज अन्तर्गत यस अघि पहिलो टेस्टमा भारतले ३१ रनको जित हाँसिल गरेको थियो भने दोश्रो खेलमा १४६ रनको हार बेहोरेको थियो। सिरिजको अन्तिम टेस्ट जनवरी ३ तारिक देखि सिड्नीमा सुरु हुने तालिका रहेको छ।

मेलबर्न स्टेडियममा सम्पन्न टेस्टको पहिलो इनिंगमा भारतले टस जितेर ब्याटिंग गर्दै ४४३/७ मा पहिलो इनिंग समाप्तिको घोषणा गरेको थियो। त्यसपछि पहिलो इनिंगमा अस्ट्रेलिया १५१ रनमै समेटिन पुगेपछि भारतले २९२ रनको अग्रता लिएको थियो।

अस्ट्रेलियालाई फलो अन नदिई भारतले दोश्रो इनिंगमा ब्याटिंग गर्दै १०६/८ मा इनिंग घोषणा गरेपछि अस्ट्रेलियाले ३९८ रनको लक्ष्य पाएको थियो। लक्ष्य पछ्याउने क्रममा पाँचौ दिन २५८/८ को अवस्थामा ब्याटिंग गरेको अस्ट्रेलियाले थप २ विकेट गुमाउन ३ रन मात्रै जोड्न सक्यो र टेस्ट १३७ रनले गुमाउन पुग्यो।

टेस्टको पहिलो इनिंगमा ६ विकेट तथा दोश्रो इनिंगमा ३ विकेट लिएका जस्प्रित बुम्राह प्लेयर अफ द म्याच घोषित भए। बुम्राह भारतको लागि एकै टेस्टमा ९ विकेट लिने पहिलो भारतीय फास्ट बलर समेत बनेका छन्।

ठुलो रेकर्ड नजिक कोहली 

अस्ट्रेलियामा हालसम्म टेस्ट सिरिज नजितेको भारतसामु अब पहिलो पटक सिरिज जित्ने मौका रहेको छ। जितसंगै भारतीय कप्तान बिराट कोहलीले बिदेशी भुमिमा सबैभन्दा धेरै टेस्ट जित्ने भारतीय कप्तानको रेकर्ड बराबरी गरेका छन्। यस अघि सौरभ गांगुलीले २९ टेस्ट खेल्दा ११ वटामा जित दर्ता गरेका थिए जसलाई कोहलीले २४ टेस्टमा बराबरी गरेका छन् र रेकर्ड तोड्न एउटा मात्र जितको आवस्यकता रहेको छ।

संक्षिप्त स्कोरकार्ड – 

भारत पहिलो इनिंग : ४४३/७ इनिंग घोषणा ( चेतेश्वर पुजारा १०६ , बिराट कोहली ८२ , मायांक अग्रवाल ७६, रोहित शर्मा ६३ , प्याट कमिन्स ३ विकेट , मिचेल स्टार्क २ विकेट )
अस्ट्रेलिया पहिलो इनिंग : १५१ ( मार्कस ह्यारिस २२ , टिम पेन २२ , जस्प्रित बुम्राह ६ विकेट , रभिन्द्र जडेजा २ विकेट )
भारत दोश्रो इनिंग : १०६/८ इनिंग घोषणा ( मायांक अग्रवाल ४२, रिशभ पन्त ३३, प्याट कमिन्स ६ विकेट , जोश हेजलवुड २ विकेट )
अस्ट्रेलिया दोश्रो इनिंग : २६१ ( प्याट कमिन्स ६३, शन मार्श ४४ , जस्प्रित बुम्राह ३ विकेट, रभिन्द्र जडेजा ३ विकेट, इशान्त शर्मा २ विकेट, मोहम्मद शमि २ विकेट )

( फोटो – क्रिकेट अस्ट्रेलिया र आईसीसी )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy