रोहित-धवनको साझेदारीले भारतसँग आयरल्याण्ड पराजित

  • विकेटनेपाल, असार १४ – बिहिबार

जुलाई ३ तारिखदेखि इंग्ल्याण्डमा हुन लागेको महत्त्वपूर्ण सिरिजको तयारीको लागि आयरल्याण्ड भ्रमणमा रहेको भारतले पहिलो टि२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टिमबिरुद्द ७६ रनको फराकिलो जित हात पारेको छ। आफ्नो सयौँ टि२० अन्तर्राष्ट्रिय खेल खेलेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०८ रन बनाएको थियो।

भारतको जितमा रोहित शर्माले शतकबाट मात्र ३ रनले चुक्दै ६१ बलमा ८ चौका र ५ छक्का तथा शिखर धवनले ७४ रन (४५ बल, ५ चौका, ५ छक्का) बनाउँदै पहिलो विकेटका लागि १६ ओभरमा १६० रनको साझेदारी गरेका थिए। त्यसपछि भने भारतको मध्यक्रम सस्तै मा समेटीए पनि मात्र अन्तिम बल सामना गरेका हार्दिक पान्ड्यले छक्का प्रहार गरेका थिए।

सुरेश रैनालाई मात्र १० रनमा आउट गरेका पिटर चेसले पारिको अन्तिम ओभरको पहिलो ४ बलमा महेन्द्रसिंह धोनी, रोहित शर्मा र विराट कोहलीलाई आउट गरेका थिए, उक्त क्रममा उनले ४ ओभर बलिंग गर्दै ३५ रन खर्चिए। विराट कोहलीको यो टि२० अन्तर्राष्ट्रिय करियरमा मात्र दोश्रो डकआउट थियो।

जवाफमा म्यान अफ द म्याच कुलदीप यादवले ४ विकेट लिन २१ रन तथा युजवेन्द्र चाहलले ३ विकेट लिन ३८ रन खर्चेपछी टस जितेर लक्ष्य पछ्याउने निर्णय गरेको घरेलु टिम २० ओभरमा ९ विकेट गुमाएर १३२ रनमा समेटिएको थियो। उसका लागि जेम्स स्यान्ननले ६० रनको पारि खेल्न ३५ बलमा ५ चौका र ४ छक्का प्रहार गरेपनि जितका लागि पर्याप्त हुन सकेन। यस्तै जस्प्रित बुम्राहले पनि २ विकेट लिए।

भारतले आजको खेलसँगै सिरिजमा १-० को अग्रता लिएको छ भने सिरिजको अन्तिम तथा दोश्रो खेल शुक्रबार हुनेछ।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]