रोहित र धवनको शतक, भारतको बिशाल जित : एसिया कप

  • विकेटनेपाल, असोज-८ 

युनाइटेड अरब इमिरेट्समा जारि एसिया कप क्रिकेट अन्तर्गत भारतले सुपर-४ चरणको दोश्रो खेलमा पाकिस्तानलाई ९ विकेटको बिशाल अन्तरले पराजित गरेको छ।

टस जितेर ब्याटिंग गर्दै पाकिस्तानले दिएको २३८ रनको लक्ष्य पछ्याउने क्रममा भारतले मात्र १ विकेट गुमाएर ३९.३ ओभरमा पुरा गर्यो। जितसंगै सुपर-४ को अंकतालिकामा २ मा २ जित सहित भारत शिर्ष स्थानमा कायम रहेको छ।

भारतको जितमा शिखर धवन र रोहित शर्माले पहिलो विकेटको लागि २१० रनको बिशाल साझेदारी गर्दै अहम योगदान दिए। ३४ औं ओभरमा पहिलो विकेटको रुपमा रन आउट हुनु अघि धवनले ११४ रन बनाए। यस क्रममा उनले १०० बलमा १६ चौका र २ छक्का प्रहार गरे। एकदिवसीयमा धवनको यो १५ औं शतक हो।

धवनको विकेट पछि अर्का ओपनर रोहित शर्माले पनि एकदिवसीय क्रिकेटमा १९ औं शतक पुरा गरे। अविजित १११ रन बनाएका शर्माले ११९ बलमा ४ छक्का र ७ चौका प्रहार गरे। एकदिवसीय क्रिकेटमा शर्माले ७ हजार रन समेत पुरा गरेका छन्। अम्बाती रायडूले अविजित १२ रन बनाए।

पाकिस्तानका कुनै पनि बलरहरुले विकेट लिन सकेनन्।

पाकिस्तानको ब्याटिंग 

यस अघि ५० ओभरमा ७ विकेट गुमाएर पाकिस्तानले २३७ रनको योगफल तयार गेरको थियो।

खराब सुरुवात गर्ने क्रममा पाकिस्तानले ५८ रनको योगफलमा पहिलो ३ विकेट गुमाईसकेको थियो। ओपनर इमाम उल हक ( १० ) , बाबर आजम ( ९ ) तथा फखार जमन ( ३१ ) आउट हुँदा समस्यामा परेको इनिंगलाई कप्तान सरफराज अहमद र शोयब मलिकको साझेदारीले उकास्यो।

चौथो विकेटको लागि मालिक र अहमदले १०७ रनको साझेदारी गरेपछि अहमदलाई कुलदिप यादबले व्यक्तिगत ४४ रनको स्कोरमा पेभेलियन फर्काए। त्यसपछि मलिकले पाँचौ विकेटको लागि आसिफ अलिसंग ३८ रनको साझेदारी गरे।

अफगानिस्तानसंग अघिल्लो खेलमा अविजित ५१ रनको शानदार इनिंग खेलेका मलिकले पुनः ७८ रनको महत्वपूर्ण इनिंग खेल्दै ४४ औं ओभरमा आउट हुन पुगे। त्यस अघि उनले ९० बलमा ४ चौका र २ छक्का प्रहार गरे। २१ बलमा २ छक्का र १ चौका मदतले ३० रन बनाएर असिफ अलि पनि आउट हुँदा पाकिस्तानले २०० रन पार गरिसकेको थियो।

भारत मलिक र अलिको इनिंग पछि रनमा अंकुस लगाउन सफल रहे पनि ४० ओभरमा १६९ बाट अन्तिम १० ओभरमा पाकिस्तानले ६८ रन बटुल्न सक्यो।

भारतको लागि जस्प्रित बुम्राह ( १०-१-२९-२ ) , कुलदिप यादब ( १०-०-४१-२ ) र युज्भेन्द्र चाहल ( ९-०-४६-२ ) ले समान २/२ विकेट हात पारे।

सुपर-४ चरणको आगामी खेल मंगलबार भारत र अफगानिस्तान बीच तथा बुधबार पाकिस्तान र अफगानिस्तान बीच खेलिनेछ। ४ टिम मध्ये अंकतालिकामा उत्कृस्ट हुने २ टिम शुक्रबार हुने फाइनल खेल्न छनौट हुनेछ।

सुपर-४ चरण अन्तर्गत भारतले पहिलो खेलमा बंगलादेशलाई ७ विकेटले तथा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको थियो। समुह चरणको खेलमा पाकिस्तानलाई भारतले सहजै ८ विकेटले पराजित गरेको थियो।





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]