दक्षिण अफ्रिका बिरुद्दको टी२० सिरिज भारतलाई

  • विकेटनेपाल, फाल्गुन १३ – आइतबार

भारतले दक्षिण अफ्रिका भ्रमणको सुखद अन्त्य गरेको छ । जारि सिरिज अन्तर्गत तेस्रो टी- २० क्रिकेटमा घरेलु टोलीलाई ७ रनले पराजित गर्दै भारतले सिरिज २-१ ले आफ्नो पक्षमा पारेको छ । यसभन्दा अगाडी भएको टेस्ट सिरिजमा २-१ ले पराजित भारतले एकदिवसीय सिरिज ५-१ ले जितेको थियो ।

विराट कोहलीबिना उत्रिएको भारतले केप टाउनमा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७२ रनको योगफल तयार पारेको थियो । उसका लागि शिखर धवनले ४७ रन (४० बल, ३ चौका) तथा सुरेश रैनाले विस्फोटक ४३ रन (२७ बल, ५ चौका, १ छक्का) पारि खेल्दै दोश्रो विकेटको लागि ६३ रनको साझेदारी गरेका थिए । यस्तै मनिष पाण्डेले १३, हार्दिक पान्ड्यले २१, धोनीले १२, दिनेश कार्तिकले १३, रोहित शर्माले ११ रन बनाए । भुवनेश्वर कुमारले ३ रन तथा अक्सर पटेलले १ रन बनाउदै अविजित रहे ।

दक्षिण अफ्रिकाको लागि जुनियर डालाले ३ विकेट लिन ४ ओभरमा ३५ रन खर्चिदा क्रिस मोरिसले ४३ रन खर्चिदै २ विकेट हात पारे । त्रबिज़ साम्सीले पनि ३१ रन खर्चिएर १ विकेट झारे ।

जवाफमा उत्रेको दक्षिण अफ्रिकाले क्रिस्टियान जोन्करको विस्फोटक पारिका बाबजुत २० ओभरमा ६ विकेट गुमाएर १६५ रनमात्र बनाउन सक्यो । उसका लागि जेपी डुमिनीले ५५ रन (४१ बल, २ चौका, ३ छक्का)  प्रहार गरे । फहरान बेहरादीनले जोन्करसँग छैठौ विकेटको लागि ५१ रनको साझेदारी गरेका थिए । जोन्करले विस्फोटक ४९ रन बनाउन २४ बलमा ५ चौका र २ छक्का प्रहार गरे । यस्तै ओपनर डेविड मिलर २४, रिजा हेन्ड्रिक्सले ७, हेन्रिच क्लासेनले ७, क्रिस मोरिसले ४ रन बनाए । फहरान बेहरादीनले अविजित १५ रन बनाए ।

क्रिस्टियान जोन्कर

भारतको लागि २ विकेट लिन भुवनेश्वर कुमारले २४ रन खर्चिए । यस्तै जस्प्रित बुम्राह, शार्दुल ठाकुर, हार्दिक पान्ड्य र सुरेश   रैनाले १/१ विकेट हात पारे ।

खेलमा विस्फोटक ४३ रनको पारि खेलेका भारतका सुरेश रैना म्यान अफ द म्याच घोषित भए भने सिरिजमा ७ विकेट लिएका भुवनेश्वर कुमार म्यान अफ द सिरिज घोषित भए ।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]