सनसनीपूर्ण फाइनल अन्तिम बलमा जित्दै भारतले चुम्यो एसिया कप

  • विकेटनेपाल,१३ असोज

सनसानीपूर्ण फाइनलमा बंगलादेशलाई ३ विकेटले परजित गर्दै भारतले सातौँ पटक एसिया कपको उपाधि जितेको छ।

बंगलादेशले टस हारेर पहिले ब्याटिंग गर्दै दिएको २२३ रनको लक्ष्य पछ्याउने क्रममा भारतले अन्तिम बलमा विजयी रन प्रहार गर्दै खेल जितेको हो। तेश्रो पटक एसिया कपको फाइनल पुगेको बंगलादेश पुनः उपाधि जित्न असफल रह्यो।

अत्यन्त रोमान्चक रन चेज   

लक्ष्य पछ्याउने क्रममा भारतले निरन्तर अन्तरालमा विकेट गुमाएको थियो । शिखर धवन १५ , अम्बाती रायडु २ रन बनाएर आउट भए। कप्तान रोहित शर्मा र दिनेश कार्तिकले तेश्रो विकेटको लागि ३७ रनको साझेदारी गरे तर रोहित ४८ रन बनाएर आउट हुन पुगे।

तेश्रो विकेट गुमेपछि चौथो विकेटको लागि कार्तिक र महेन्द्र सिंह धोनीले ५४ रनको साझेदारी गरे तर कार्तिक ३७ रन बनाएर आउट हुँदा बंगलादेश पुनः खेलमा फर्कियो। ३७ औं ओभरमा धोनी पनि ३६ रन बनाएर आउट हुँदा भारत चिन्ताजनक अवस्थामा पुग्यो।

धोनीको विकेट पछि १९ रन बनाएर ब्याटिंग गरिरहेका केदार जाधब घाइते हुँदै मैदान बाहिरिन पुग्दा बंगलादेशले खेलमा हाबी हुने मौका पायो।

तर रभिन्द्र जडेजा र भुवनेश्वर कुमारले छैठौं विकेटको लागि ४५ रनको साझेदारी गर्दै भारतको स्कोर २०० पार गराएका थिए। तर ४८ औं ओभरमा जडेजा २३ रन बनाएर आउट हुन पुग्दा खेलमा बंगलादेश पुनः फर्कियो। जादेजा आउट हुँदा भारतलाई १६ बलमा ११ रन आवस्यक थियो।

जडेजाको विकेट पछि पुनः केदार जाधब ब्याटिंगमा फर्किए। ४८ ओभर सकिंदा भारतलाई २ ओभरमा ९ रन आवस्यक थियो त्यही अवस्थामा ४९ औं ओभरको पहिलो बलमा मुस्तफिजुर रहमानले २१ रन बनाएर ब्याटिंग गरिरहेका भुवनेश्वर कुमारको विकेट लिंदै खेलमा पुनः रोमान्चकता फर्काएका थिए ।

भुवनेश्वरको विकेट सहित ४९ औं ओभरमा मुस्तफिजुरले मात्र ३ रन खर्चिए पछि भारतलाई अन्तिम ओभरमा जितको लागि ६ रन आवस्यकता थियो। अन्तिम बलमा केदार जाधबले २ रन लिंदा अन्तिम ओभरमा कुलदिप यादब स्ट्राइकमा थिए।

अन्तिम ओभरमा बलिङ्ग गर्न महमुदुल्लाह आए जो खेलमा आफ्नो छैठौं ओभर बलिङ्ग गर्दै थिए।

ओभरको पहिलो बलमा १ रन लिंदै कुलदिपले केदारलाई स्ट्राइक दिए भने लगत्तै बलमा केदारले पनि १ रन लिंदै कुलदिपलाईनै स्ट्राइक दिए। तेश्रो बलमा कुलदिपले २ रन लिए जसपछि भारतलाई ३ बलमा जित्न २ रन आवस्यक थियो।

महमदुल्लहको चौथो बलमा कुलदिपले रन बनाउन सकेनन्। अब २ बलमा भारतलाई २ रन जित्न आवस्यक थियो। ओभरको पाँचौ बलमा कुलदिपले लेग बाईको रुपमा रन लिए।स्कोर बराबरीमा पुग्यो। अब अन्तिम १ बलमा भारतलाई जित्न १ रन आवस्यक थियो। स्ट्राइकमा थिए केदार जाधब।

महमुदुल्लाहको अन्तिम बललाई केदार जाधबले फाइनल लेगको दिशामा खेले जुन बलमा लेगबाईको रुपमा १ रन लिंदै भारतले खेल ३ विकेटले जित्न सफल रह्यो।

केदार जाधब २३ रन तथा कुलदिप यादब ५ रन बनाएर अविजित रहे। बंगलादेशको लागि बलिङ्गमा रुबेल हुसेन र मुस्तफिजुर रहमानले समान २/२ विकेट लिए।

बंगलादेशको ब्याटिंग 

टस जितेर भारतले बंगलादेशलाई पहिले ब्याटिंग गर्न निम्तो दिएपछि उत्कृस्ट सुरुवात गर्ने क्रममा बंगलादेशले पहिलो विकेटको लागि १२० रनको साझेदारी पाएको थियो।

ओपनर लिटन दासले करियरकै पहिलो शतक पुरा गर्ने क्रममा १२१ रनको शानदार इनिंग खेल्ने क्रममा ११७ बलमा १२ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर मेहदी हसनले ३२ रन योगदान दिए।

२१ औं ओभरमा केदार जाधबले हसनको विकेट लिंदा पहिलो विकेट गुमाएको बंगलादेशले १२०/१ को अवस्थाबाट अर्को १२२ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो। ४१ औं ओभरसम्म ओपनर दासले बंगलादेशको इनिंग सम्हाले पनि अन्य ब्याट्सम्यानहरुले क्रिजमा आफुलाई जमाउन सकेनन्। सौम्य सरकारले ३३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

फलस्वरुप बंगलादेशले ४८.३ ओभरमा २२२ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

भारतको लागि कुलदिप यादबले ३ विकेट ( १०-०-४५-३ ) तथा केदार जाधबले २ ( ९-०-४१-२ ) विकेट लिए। जस्प्रित बुम्रा ( ८.३-०-३९-१ ) र युज्भेंद्र चाहल ( ८-१-३१-१ ) ले १/१ विकेट लिए।





थप समाचार

यु-१९ एसिया कप : लगातार दोश्रो हार पछि नेपालको सेमीफाइनल सम्भावना समाप्त

युएईमा जारी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपाल […]

एनपीएल : उद्घाटन खेलमा सन्दिपको टिम बिराटनगर जनकपुरसंग ८ विकेटले पराजित

नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा अनिल शाह कप्तानीको जनकपुर बोल्ट्सले विजयी सुरुवात गर्ने क्रममा सन्दिप लामिछाने कप्तानीको टिम बिराटनगर किंग्सलाई […]

शिखर धवन भन्छन्ः ‘एनपिएलमा स्थानीय खेलाडीसँगै उत्कृष्ट प्रदर्शन गर्न तयार छु’

काठमाडौं । कर्णाली याक्सबाट एनपिएल खेल्न नेपाल आईपुगेका स्टार भारतीय क्रिकेटर शिखर धवनले स्थानीय खेलाडीसँग खेल्न र उत्कृष्ट प्रदर्शन गर्न […]

लुम्बिनी लायन्स र रिलायन्स फाइनान्स बीच प्रायोजन सम्झौता

नेपालका प्रमुख वित्तीय संस्थाहरूमध्ये एक, रिलायन्स फाइनान्स लिमिटेडले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को लुम्बिनी लायन्स फ्रेन्चाइजसँग प्रायोजन सम्झौता गरेको […]

यु-१९ एसियाकपमा नेपाल श्रीलंकासंग पराजित

युएईमा आज सुरु भएको १९ वर्ष मुनिको एसिया कपमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको छ। शुक्रबार दुबईमा भएको खेलमा […]

सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा सलिको

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनि लिमिटेड (सलिको) बीच प्रायोजन सम्झौता भएको […]