न्युजिल्याण्ड बिरुद्ध भारतको इतिहासकै ठुलो जित, शामी र धवनको ठुलो किर्तिमान

  • विकेटनेपाल, माघ-९ , बुधबार 

न्युजिल्यान्ड भ्रमण अन्तर्गत ५ वान-डे को सिरिज अन्तर्गत पहिलो एकदिवसीयमा भारतले घरेलु टिमलाई ८ विकेटको ठुलो अन्तरले पराजित गरेको छ। न्युजिल्याण्डमा यो भारतको विकेटको हिसाबले सबैभन्दा ठुलो जित हो।

नेपियरमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको न्युजिल्याण्डले ३८ ओभरमा सबै विकेट गुमाएर १५७ रन मात्रै बनाउन सकेको थियो। सुरुवात देखि लगातार विकेट गुमाएको घरेलु टिमको लागि कप्तान केन विलियमसनले सर्वाधिक ६४ रन बनाउन ८१ बलमा ७ चौका प्रहार गरे। रोस टेलरले २४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

भारतीय चाईनाम्यान बलर कुलदिप यादबले सर्वाधिक ४ विकेट ( १०-१-३९-४ ) तथा पेसर मोहम्मद शामीले ३ विकेट ( ६-२-१९-३ ) लिए। युज्भेन्द्र चाहलले २ ( १०-०-४३-२ ) तथा केदार जादभले १ विकेट ( ३-०-१७-१ ) लिए।

भारतको ब्याटिंग 

लक्ष्य पछ्याउने क्रममा भारतले ४३ रन बनाएर १ विकेट गुमाउदा घामको प्रकास सिधा ब्याट्सम्यानको आँखामा परेपछि खेल आधा घण्टा रोकिएको थियो। जसपछि भारतले  ४९ ओभरमा १५६ रनको नयाँ लक्ष्य पाएको थियो। शिखर धवनले आँखामा घामको प्रकास परेको बताएपछि खेल घामको कारण रोकिएको थियो। पुर्व पश्चिम फर्किएको पिच भएको कारण यस्तो समस्या आएको हो।

निर्धारित लक्ष्य भारतले ३४.५ ओभरमा २ विकेट मात्रै गुमाएर पुरा गर्यो। ओपनर शिखर धवनले अविजित ७५ रन बनाउन १०३ बलमा ६ चौका प्रहार गरे भने अम्बाती रायडु १३ रन बनाएर अविजित रहे।

Shikhar Dhawan

रोहित शर्मा ११ रन बनाएर आउट भए पछि धवन र कप्तान कोहलीले दोश्रो विकेटको लागि ९१ रनको साझेदारी गरेका थिए। कोहली ४५ रन ( ५९ बलमा ३ चौका ) बनाएर आउट भए।

सिरिज अन्तर्गत दोश्रो वानडे जनवरी २६ तारिकमा खेलिनेछ। क्रमसः जनवरी २८, जनवरी ३१, फेब्रुअरी ३ मा तेश्रो, चौथो र पाँचौ वानडे खेलिनेछ। वानडे सिरिज पछि ३ वटा टि -२० सिरिज खेलिनेछ।

शामीको ठुलो किर्तिमान  

मोहम्मद शामीले खेलमा ३ विकेट लिंदै भारतको लागि एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पुरा गर्ने बलरको किर्तिमान कायम गरेका छन्। यस अघि इरफान पठानले ५९ खेलमा १०० एकदिवसीय विकेट पुरा गर्दै बनाएको रेकर्ड शामीले ५६ खेलमा १०० विकेट पुरा गर्दै तोडेका हुन्। बिश्व क्रिकेटमा भने १०० विकेट छिटो पुरा गर्ने शामी छैठौं छिटो क्रिकेटर हुन्।

अफगानिस्तान बलर राशिद खानले ४४ खेलमा १०० विकेट पुरा गर्दै रेकर्ड आफ्नो नाम गरेका छन् भने मिचेल स्टार्क ( ५२ ) , सक्लेन मुस्ताक ( ५३ ) , शेन बोन्ड ( ५४ ) , ब्रेट लि ( ५५ ) क्रमश: सुचीमा पहिलो देखि पाँचौ स्थानमा छन्।  न्युजिल्याण्ड बलर ट्रेन्ट बोल्टले पनि ५६ खेलमा १०० विकेट पुरा गरेका थिए।

धवनले गरे लाराको बराबरी 

खेलमा विजित ७५ रन बनाएका धवन एकदिवसीय क्रिकेटमा ५,००० रन पुरा गर्ने दोश्रो छिटो ब्याट्सम्यान बनेका छन्। ११८ इनिंगममा ५ हजार रन पुरा गरेका देब्रे हाते धवनले रेकर्डमा वेस्ट इन्डिजका महान ब्याट्सम्यान ब्रायन लाराको बराबरी गरे।

सबैभन्दा छिटो ५ हजार वानडे रन बनाउने ब्याट्सम्यान दक्षिण अफ्रीकाका हासिम अमला हुन् जसले १०१ इनिंगमा उक्त रन बनाएका थिए। यस्तै वेस्ट इन्डिज ब्याट्सम्यान भिभ रिचर्ड्स र बिराट कोहलीले ११४ इनिंगमा ५ हजार रन बनाएका थिए। केन विलियमसनले ११९, गोर्डन ग्रिनिजले १२१, एबि डिभीलियर्सले १२४ तथा १२६ इनिंगमा उक्त रन बनाएका थिए।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]