अगरकर भारतीय टिम छनोट समितिको अध्यक्ष नियुक्त

पूर्व भारतीय क्रिकेटर अजित अगरकर भारतीय पुरुष राष्ट्रिय क्रिकेट टिमको छनोट समितिको अध्यक्ष चयन भएका छन्।

यो वर्ष फेब्रुअरीमा चेतन शर्माले राजिनामा दिएपछि उक्त पद खालि थियो। एक टेलिभिजन च्यानलले शर्माको गोप्य कुराकानी बाहिर ल्याएपछि शर्माले राजिनामा दिएका थिए।

भारतीय क्रिकेट बोर्डको क्रिकेट सल्लाहकार समितिले बिभिन्न आवेदकहरु मध्येबाट अगरकरलाई चयन गरेका हुन्। छनोट समितिमा अगरकर बाहेक शिभ सुन्दर दास, सुब्रोतो बानर्जी, सलिल अंकोला र श्रीधरन शारथ छन्। धेरै टेस्ट म्याच खेलेको आधारमा ४५ वर्षीय अगरकरलाई अध्यक्षको जिम्मेवारी दिईएको छनोट समितिले बताएको छ।

भारतको लागि २६ टेस्ट, १९१ एकदिवसीय अन्तर्राष्ट्रिय र ४ वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका अगरकर २००७ मा भारतले टि-ट्वान्टी विश्वकप जित्दा टिमको सदस्य थिए। उनि एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो अर्धशतक बनाउने भारतीय खेलाडी हुन्। सन् २००० मा जिम्बाब्वे विरुद्ध २१ बलमा अर्धशतक बनाउदै उनले बनाएको रेकर्ड अझै तोडिएको छैन। यस्तै उनको नाममा सबैभन्दा छिटो ५० एकदिवसीय अन्तर्राष्ट्रिय विकेट लिने बलरको रेकर्ड पनि लामो समय रहेको थियो जुन उनले २३ खेलमा पुरा गरेका थिए।

यस अघि उनि मुम्बईको छनोटकर्ता रहीसकेका छन् भने आईपीएलमा दिल्ली क्यापिटलको प्रशिक्षक टिममा रहीसकेका छन्।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]