अगरकर भारतीय टिम छनोट समितिको अध्यक्ष नियुक्त

पूर्व भारतीय क्रिकेटर अजित अगरकर भारतीय पुरुष राष्ट्रिय क्रिकेट टिमको छनोट समितिको अध्यक्ष चयन भएका छन्।

यो वर्ष फेब्रुअरीमा चेतन शर्माले राजिनामा दिएपछि उक्त पद खालि थियो। एक टेलिभिजन च्यानलले शर्माको गोप्य कुराकानी बाहिर ल्याएपछि शर्माले राजिनामा दिएका थिए।

भारतीय क्रिकेट बोर्डको क्रिकेट सल्लाहकार समितिले बिभिन्न आवेदकहरु मध्येबाट अगरकरलाई चयन गरेका हुन्। छनोट समितिमा अगरकर बाहेक शिभ सुन्दर दास, सुब्रोतो बानर्जी, सलिल अंकोला र श्रीधरन शारथ छन्। धेरै टेस्ट म्याच खेलेको आधारमा ४५ वर्षीय अगरकरलाई अध्यक्षको जिम्मेवारी दिईएको छनोट समितिले बताएको छ।

भारतको लागि २६ टेस्ट, १९१ एकदिवसीय अन्तर्राष्ट्रिय र ४ वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका अगरकर २००७ मा भारतले टि-ट्वान्टी विश्वकप जित्दा टिमको सदस्य थिए। उनि एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो अर्धशतक बनाउने भारतीय खेलाडी हुन्। सन् २००० मा जिम्बाब्वे विरुद्ध २१ बलमा अर्धशतक बनाउदै उनले बनाएको रेकर्ड अझै तोडिएको छैन। यस्तै उनको नाममा सबैभन्दा छिटो ५० एकदिवसीय अन्तर्राष्ट्रिय विकेट लिने बलरको रेकर्ड पनि लामो समय रहेको थियो जुन उनले २३ खेलमा पुरा गरेका थिए।

यस अघि उनि मुम्बईको छनोटकर्ता रहीसकेका छन् भने आईपीएलमा दिल्ली क्यापिटलको प्रशिक्षक टिममा रहीसकेका छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy